बिहिबार, फाल्गुण ०१, २०७६ || 979  पटक पढिएको

पेरिस । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नुपरेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए ४०० एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नुपरेको हो ।

कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जनाएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ ।

‘हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौं, र ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’ एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताए । एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ । –एएफपी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!