भारतकाे केरलाको थोलान्बरा बसोबास गर्ने ५८ वर्षका पेरुन्न राजनलाई १२ करोड भारुको चिठ्ठा परेको छ ।

राजनले २०० भारुमा किनेको टिकटबाट उक्त रकम जितेका हुन् । चिठ्ठाको विजेता फेब्रअरी १० मा घोषणा भएको थियो ।

यसअघि पनि राजन विभिन्न चिठ्ठा किनिरहन्थे । विगतमा उनले पाँच हजार भारुसम्मको पुरस्कार जितेका थिए ।

राजनले जितेको क्रिसमस–नयाँ वर्ष बम्पर लटरी केरला सरकारले संचालन गरेको थियो ।

एजेन्सीका अनुसार कमिशन र कर काटेर बाँकी रहेको रकम राजनले ७.२ करोड भारु पाउनेछन् ।

राजनका अतिरिक्त चिठ्ठाको दोस्रो र तेस्रो पाउने व्यक्ति पनि घोषणा गरिएको छ । तिनले क्रमशः पाँच करोड र एक करोड पाउनेछन् ।

आर्थिक रुपमा कमजोर रहेका राजन पहिलेदेखि टिकट रकम किन्थे । चिठ्ठा किन्ने बानीबारे राजन बताएँछन् ,‘ एक दिन भाग्य फल्टिन्छ भन्ने मलाई विश्वास थियो ।’

राजनले प्राप्त रकमबाट पुरानो ऋण तिर्ने र केही पैसा छोरीको पढाईमा लगाउने बताए ।

त्यस्तै राजनले खाँचो परेका व्यक्तिलाई सघाउने पनि बताए । दुई छोरी र एक छोराका पिता राजनले आफूले संघर्ष गरेर पैसा कमाउन सिकेकाले पैसा फजुल खर्च नगर्ने बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!