एजेन्सी । अफगानिस्तानमा जन्मिएकी अभिनेत्री वारिना हुसैनले तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरुलाई बच्चा जन्माउने मेसिन मात्रै बनाइने भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

उनले तालिबानको राजपछि अफगानी महिलालाई बच्चा जन्माउने मेसिन मात्रै बनाइने र युवाहरुको मानसिकतामा घृणा र बदलाको भावना मात्र भरिने बताएकी हुन् ।

रिपोर्टका अनुसार अभिनेत्रीले युनाइटेड नेशनलाई महिलाहरुको सुरक्षाका लागि अपिल गरेकी छन् ।

अफगानिस्तानको वर्तमान अवस्थाले २० वर्ष पहिले युद्धको समयमा उनीसहित उनका परिवारलाई देश छोड्न बाध्य बनाइएको क्षण याद आएको उनले बताएकी छन् ।

टीओईमा प्रकाशित एक रिपोर्टका अनुसार देश छोड्नु वारिना र उनको परिवारका लागि निकै पीडादायी क्षण थियो । उनले अहिलेको समय पनि २० वर्ष अगाडिको त्यही समय जस्तै भएको बताएकी छन् ।

उनी एक दशकदेखि भारतमा बस्दै आएकी छन् । उनले राम्रो जीवन बाँच्नका लागि एउटा देशबाट अर्को देशमा जानु निकै मुश्किल भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!