चर्चित रियालिटी शो द भ्वाईस अफ नेपालका निर्णायक तथा चर्चित गायक राजु लामाले नेपालका आदिवासी जातिकी एक गायिकासँग युगल गीत रेर्कड गराएका छन् ।
भ्वाईसको सिजन २ मा प्रतिस्पर्धी बनेकी तराई मूलकी शान्ति सदासँग लामाले गीत रेर्कड गराएका हुन । केही महिना अघि भएको भ्वाईसको प्रतिष्पर्धामा शान्ति सदाले आफ्नो प्रस्तुति दिएको थिइन् । सो बेला नै गायक लामाले आफु शान्तिसँग युगल गीत रेर्कड गर्न इच्छुक रहेको बताएका थिए । सदा तराईको अल्पसंख्यक मुसहर जातिमा पर्छिन ।
बिपी खनालको रचना तथा मनोज थापा मगरको संगीतमा सो गीत रहेको छ । नक्साल स्थित पलपल स्टुडियोमा उक्त गीत रेर्कड गरिएको हो । तराई मधेशकी छोरी तथा बुहारीमा रहेको गायन प्रतिभालाई उजागर गर्ने तथा मिथिला क्षेत्रको गायिकीलाई राष्टियकरण गर्नमा सहयोग पुग्ने गायक लामाको भनाई रहेको छ ।