हिपमत डटकम

बिहिबार, भाद्र ०३, २०७८ || 745  पटक पढिएको

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् ।

 

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुने तय भएको छ । केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढेको छ । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौड धुपमा व्यस्त देखिन्छन्।

 

लामो समयदेखि युएईलाई ब्यबसायिक कर्मथलो बनाउँदै आईरहेका गोर्खाली एनआरएनका बलिया खम्बा हुन् । एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक एनआरएनए स्पोर्टस एकाडेमी ब्यवस्थापन निर्देशक, समाजसेबी तथा सफल ब्यबसायी मनोज गोर्खाली विश्वभर फैलिएका गैरआवासीय नेपाली माझ लोकप्रिय व्यक्तित्वको रुपमा परिचित छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका गोर्खाली आईसीसी सदस्य हुँदै मध्यपूर्व उपसंयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

 

युवा उद्धमशिलता र आर्थिक आत्मानिर्भता भन्ने मूल नारा सहित उम्मेद्वारी घोषणा गरेका उनले विदेशमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउन र विश्वभरको लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने समेत बताए ।

 

पद्धति र पारदर्शिता: समावेसी साथ साथै एनआरएनएमा युवा सहभागिता युवा उधमशीलता र आर्थिक आत्मनिर्भता मेरो प्रतिबद्धता सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशिलता एनआरएनए मार्फत पुरा गर्ने बचन बद्धता सहित आफुले युवा संयोजकमा उम्मेदवारी दिएको गोर्खालीले बताएका छन् भने संसारभर छरिएर बसेका गैरआवासीय नेपालीहरुलाई भोट गर्दिनको लागि समेत अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!