बुधबार, माघ २९, २०७६ || 1615  पटक पढिएको

हाम्रो शरीरमा मुटुले रगत पम्प गरिरहेको हुन्छ । त्यस्तो रगत विभिन्न अंगमा पुर्याउने काम चाहिँ धमनीले गर्छन् । तर, धमनीको पर्खाल कहिलेकांही कमजोर हुनसक्छ । त्यसले गर्दा रगतको दबाब झेल्न नसकेर ती पर्खाल टुट्टीन सक्छन् । जसलाई ऐन्यरिज्म भनिन्छ । हो कुनै बेला यस्तो हाम्रो मस्तिष्कमा पनि हुन्छ, त्यसलाई हामी मष्तिस्क ऐन्यरिज्म भन्छौँ ।

विभिन्न अध्ययनका अनुसार विश्वमा प्रत्येक १ सय व्यक्तिमध्ये कम्तीमा ३ जनालाई यो समस्या देखा पर्छ । मष्तिष्कको पछिल्लो भागमा नसा फुट्ने समस्या अझ बढी हुनसक्ने धेरैको अनुमान गरिएको छ ।

मस्तिष्कमा कुनै नशा फुटेको खण्डमा त्यसलाई ब्रेन स्ट्रोक वा मस्तिष्क पक्षघात भनिन्छ । एक अनुसन्धानका अनुसार महिलाहरुमा पुरुषमा भन्दा पचास प्रतिशत बढी ब्रेन ह्यामरेज वा पक्षघात हुने सम्भावना हुन्छ ।

ठ्याक्कै यो कारणले हुन्छ भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, उच्च रक्तचापलाई यसको विशेष कारण मानिन्छ । युनिभर्सिटी अफ ससेक्समा गरिएको एक अध्ययनअनुसार वंशानुगत कारणले यस्तो हुनसक्छ भनिएको छ ।

ऐन्यरिज्म भयो भने हामीले विभिन्न लक्षणबाट यसको पत्तो पाउन सक्छौँ । हाम्रो आँखा धुमिल हुनुु, टाउको निकै दुख्नु, बोल्न मन नलाग्नु आदि भयो भने त्यस्तो समयमा हाम्रो मस्तिष्कमा धमनी फुटेको हुनसक्ने सम्भावना अत्यधिक हुन्छ ।

त्यसैले केही समय हुनेवित्तिकै चिकित्सककहाँ पुगिहाल्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!