हिपमत डटकम

बुधबार, भाद्र ०२, २०७८ || 831  पटक पढिएको

करिब २० बर्ष देखि अफगानिस्तानमा आफ्नो उपस्थिति जनाउदै आएका अमेरिका एका एक किन पछी हटे। १५० लाख करोड लगानी गर्दै आएका अमेरिका पछी हट्नुको थुप्रो रहस्य रहेको अनुमान लगाउन सकिन्छ । केही बर्ष अगाडी अमेरिका र तलिबान बीच दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो र उक्त सम्झौता बमोजिम तालिबानी रहेको क्षेत्रमा अरु कुनै आतंकबादी संगठनलाई आफ्नो क्षेत्रहरुमा अभ्यास गर्न वा सरण नदिन सहमती भएको थियो। अमेरिका सिर्फ ओ-शमा- बिन्लादिनको संगठन अल्काइदालाई समाप्त गर्ने नियतले अफगानिस्तान छिरेको थियो भनेर बुझ्न सकिन्छ ।

सोभियत संघलाई कम्जोर पार्ने नियतले अमेरिकाको दोहोरो चरित्रको पर्दाफास भएको देखिन्छ । २ फेब्ररी १९८३ मा तत्कालीन अमेरिकी राष्ट्रियपति रोनालड रेगनले तालिबानी संग हवाईट हाउसमा बसेर छलफल गर्दै थियो त्यस बेला सोवियत संघ संग कोल्ड वार चलिरहेको थियो। त्यसबेला १९९१ मा सोवियत संघ नव १५ देश मा टुटेको थियो ।उक्त समयमा पनि अमेरिकाले तालिबानीलाई समर्थन गर्दै आएको थियो। जब, ११ सेप्टेम्बर २००१ मा अल्काइदा प्रमुख वोशमा-बिन्लादिनले अमेरिकाको वल्ड ट्रेड सेन्टरमा आक्रमण गर्यो , त्यसपछी आफ्नो सेना अफगानिस्तानमा उतार् दियो। त्यस पशचात २० शाल आफ्नो उपस्थिति देखायो र जब अमेरिकालाई मह्शूस भयो कि अब मेरो लागि केही बचेको छैन अनि आफ्नो सेना फिर्ता बोलाए।

यहि बर्ष ११ सेप्टेम्बर सम्म सबै अमेरिकी सैनिक अमेरिका फिर्ता हुने घोषणा समेत गरिसकेको छ। बिगत २० बर्ष सम्ममा आफ्नो २५०० भन्दा बढी सैनिक मारिएको अमेरिकाले बताएका छन। २० बर्षको दौरानमा ४७ हजार अफगानिस्तानी नागरिकको नरसंहार भएका छन। लाखौ लाख मानिसलाई आफ्नो देश छोडेर पाकिस्तान, इरान र युरोप भाग्नु परेका छन। हाजरौ हजार महिला बलात्कारको सिकार भएका छन , बिभिन्न दमन शोषण बाट पिडीत छन। अमेरिकाले आफुलाई बिश्वको सबै भन्दा ठुलो शक्तिशाली सेना आफू सङ रहेको बताउदै आएका थिए तर उक्त शक्तिशाली सेना पनि तालिबानिको आगाडी असफल साबित भएको देखिन्छ ।

तालिबानी त पहिला पनि अफगानिस्तानमा छदै थिए र आहिले पनि झन व्यापक मात्रामा छन तर, अमेरिकी सैनिक नै त्यहाबाट आफ्नो २५०० भन्दा बढी सैनिक गुमाएर भागेको देखिन्छ । एसियाको मुटु भनेर चिनिने अफगानिस्तान अहिले तालिबानिको काब्जामा जादा छिमेकी देशहरु जस्तै भारत,पकिस्तान,चीन,ताजिकिस्तान,उज्वेकिस्तान,इरान र तुर्किमेस्तान एक्दमै चिन्तीत छन। भारत र चीनको लडाइँमा होस कि भारत र पकिस्तानको युद्धमा होस आतंकबादी संगठनद्वारा यी देशहरु अत्यन्त पिडीत छन। भारत र पकिस्तानको लडाइँमा तालिबानिको सहयोग बाट पाकिस्तानले भारत माथी आक्रमन गर्ने सक्ने आन्दजा लगाउन सकिन्छ।

त्येसैगरी चीनले पनि आफ्नो Belt & Road Initiative (BRI) वा One Belt One Road बिस्तारको क्रममा निर्माण गरेको बाटोबाट छेमिकी देशहरुमा सजिलै छिर्न सक्ने साम्भवना पनि उतिकै छन। केही राहतको खबर पनि सुनिएका छन कि शान्ति प्रकृयाद्वारा सत्ता सम्हालिने छन तर यो कस्तो शान्ति प्रकृया हो ? यो नर्सङ्हार पछी देखाएका कुनै शान्ती होइन । आफुलाई कालो सुची हुन बाट जोगिन र कुशल नेतृत्व देखाउन मात्रै येस्तो हल्ला फैलाएको हो भनेर बुझ्दा हुन्छ ।

आतंकबाद विरुद्ध बिश्वका सबै देशहरु र UN का शान्ति सेना द्वारा येस्ता अनैतिक, मानव अधिकार बिरोधी गतिबिधिमा रोक लगाउनु पर्दछ ।

लेखक :- भोलाजीत नेपाल (ब्राईट भिजन ल कलेजमा बि.ए.एल.एल.बि दोस्रो बर्षमा अध्यनरत छन्)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!