बुधबार, माघ २९, २०७६ || 758  पटक पढिएको

सानेपा हत्याकाण्डको दुई दिनपछि मृतकका परिवारले शव बुझेका छन् । प्रहरीका अनुसार पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरीका परिवारले शव बुझेका हुन् ।मृतक दुवैको शव पोष्टमार्टमपछि परिवारले बुझेको हो । कामदार चौधरीको परिवार दाङबाट काठमाडौं आई बुझेको हो । घटनाकै दिन सानेपा हत्याकाण्डमा मुना कार्कीको हत्या गरी कामदार विजय चौधरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलाएको थियो । सीसीटीभी फुटेजबाट हत्या र आत्महत्या देखिएपनि घटनाको कारणबारे प्रहरीले कुनै जानकारी दिएको छैन । ललितपुर प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक रिपोर्टपछि मात्र घटनाको कारणबारे अनुसन्धानले गति लिई निष्कर्षमा पुग्न सकिन्छ । रिपोर्ट आएपछि प्रहरीले घटनाको वृस्तृत जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!