राजनीतिक भाइरस सर्दै छ

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

सोमबार, साउन ३२, २०७८ || 614  पटक पढिएको

हिजो नेकपामा राजनीतिक भाइरस छि¥यो । पार्टी छियाँछियाँ भयो । एमाले आफ्नो कित्तामा, एमाले भित्रै पनि फरक कित्ता जन्मे । माओवादी केन्द्रमा उथलपुथल आयो । जनयुद्ध लडेका योद्धाहरूले बाटो बिराए ।

रोग जसपाबाट सुरू भयो । जसपाको महन्थ–राजेन्द्र महत्तोलाई केपीले च्याँपे । देउवा–प्रचण्डहरूले उपेन्द्र यादवहरूलाई । यो पार्टीमा पनि विभाजन भयो । अहिले एउटा समूह दलबिहीन बनेर बस्नु परेको छ ।

कांग्रेस सत्तामा गयो र, राजनीतिक भाइरस यो पार्टीमा सरेको छ । हिजो फरक राजनीतक विचार, सिद्धान्त र समूह बोकेर हिड्नेहरू आज पार्टीलाई नै समाप्त गर्न लागेका छन् । कांग्रेस सत्तामा गएपछि अनुशासनहीनता बढेको छ । जसले जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ ।

कुनै पनि बेला कांग्रेसमा भूकम्प आउने सम्भावना छ । धेरै जिल्लामा विवाद छ । एकले अर्कालाई सकाउने कार्य भइरहेका छन् । कम्युनिष्ट र अन्य फरक राजनीतिक धार बोकेका प्यारा लाग्छन् तर, कांग्रेसको सत्रु कांग्रेस नै भएको यथार्थ हो ।

हो, कांग्रेसमा राजनीतिक भाइरसको प्रवेश भएको छ र, यो तत्कालै निको नहुने सम्भावना छ । भाइरस विस्तार हुन थालेको छ र, बीपी कोइरालाले भनेझैं यस्तो बेलामा पार्टीका सच्चा कार्यकर्ता एकपटक जुर्मुराउने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!