बुधबार, माघ २९, २०७६ || 839  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका ८ हजार बढी बाख्राहरुमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाइएको छ ।
आज नगरका १० वटै वडामा एकसाथ आज ८ हजार ७ सय ४० वाख्रामा खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो ।
नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउँ’ भन्ने अभियानका साथ ३ दिन अघि वडा नम्वर १० को पशुपतिनगर टोलबाट खोपको सुरुवात भएको थियो । जसमा, वडा नम्वर १ मा ४ सय ५०, २ मा ७ सय, ३ मा ९ सय, ४ मा ७ सय, ५ मा १ हजार, ६ मा ५ सय ५०, ७ मा ६ सय ५०, ८ मा १ हजार २ सय, ९ मा १ हजार ३ सय र १० मा १ हजार २ सय ९० वाख्रामा खोप लगाइएको हो ।
नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समितिको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाइएको हो । केही ठाउँमा लगाउन वाँकी रहेको खोप भोली लगाइने छ । बाख्राकोपछि गाई, भैंसी लगायतका पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप समेत सञ्चालन गर्ने शाखाले योजना बनाएको छ ।
नगरको आर्थिक विकास समितिको निर्णय अनुसार वडा कार्यालयसँग समन्वय गरी फागुन ११ गते खोरेत, चैत २ गते स्वाइन फिवर र चैत ३० गते भ्यागुते र चर्चरे रोग विरुद्धको खोप सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!