हिपमत डटकम

आइतबार, साउन ३१, २०७८ || 529  पटक पढिएको

एजेन्सी। अङ्ग्रेजको शासनबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा छिमेकी मुलुक भारतले अमृत महोत्सव मनाइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएर उनको समाधिको परिक्रमा गरेका छन् ।

यसअघि प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीट गर्दै स्वतन्त्रता दिवसको बधाई दिएका थिए । उनले स्वतन्त्रताको अमृत महोत्सवले यो वर्ष देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चार होस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री मोदी आजै लाल किल्लामा आयोजना हुने मुख्य समारोहमा सहभागी हुनेछन् । भारतको झण्डा फहराएपछि देशको नाममा सम्बोधन गर्नेछन् । ओलम्पिक पदक विजेता खेलाडीहरु पनि आज लाल किल्लामा उपस्थित हुनेछन् । आज पहिलोपटक एयरफोर्सको हेलिकप्टरले फूल पनि बर्साउने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!