बुधबार, माघ २९, २०७६ || 868  पटक पढिएको

विद्युत सर्ट भई आगलागि हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर पूर्रण रूपमा नस्ट भएको छ । आज विहान ११ बजेको समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको हो ।

अागाे लाइ सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट अाएकाे २ वटा दमकल, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानियकाे सहयाेगमा करिव एक घण्टा पछि नियन्त्रणमा लिइएकाे थियाे ।

आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का अध्यक्ष जंगविर तामाङले जानकारी दिनुभयो ।

घर पूर्ण रुपमा जलेपछि हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराईने र क्रमिक रुपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने प्रमुख राईले जानकारी दिनुभयो ।

पिडित परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उहाँहरुलाई सहयोग गर्न स्थानिय आनन्द पौडेलले अपिल समेत गर्नुभएको छ । थोरै थोरै सहयोग वाट पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सवै संग यस्तो आह्वान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!