हिपमत डटकम

शुक्रबार, साउन २९, २०७८ || 643  पटक पढिएको

जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन्।

नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो। गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्।

तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो। प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन। ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपलाई अस्वीकार गरेका छन्।

यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ। हालसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन। क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ। जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि समय लिएका छन्।

जर्मनी खोपविरुद्ध थुप्रै प्रदर्शनहरू भएको देश हो। प्रहरी निरीक्षक पिटर बेरले एक पत्रिकालाई ती ४० वर्षीया स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा ‘कोरोनाबारे नकारात्मक जानकारी’ लेखेकी र सरकारले भाइरसको सङ्क्रमण रोक्न लगाएको प्रतिबन्धको पनि आलोचना गरेकी बताएका छन्। बिबिसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!