हिपमत डटकम

शुक्रबार, साउन २९, २०७८ || 679  पटक पढिएको

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो दूतावासमा कार्यरत केही कर्मचारीहरुलाई त्यहाँबाट फर्काउने भएको छ । ती कर्मचारीहरुलाई सहयोग गर्न उसले ३ हजार सेनाको टुकुडी अफगानिस्तान पठाउने भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले कर्मचारीहरुलाई योजनावद्ध रुपमा हटाउन लागिएको बताए । यसका बाबजुद दूतावास भने खुलै रहने उनले बताए ।

काबुलमा सुरक्षा अवस्था खराब हुँदै गएकाले दूतावासका कर्मचारीहरुको संख्या घटाउन लागिएको उनले बताए ।

पेन्टागनका प्रवक्ता जोन किर्बिले दूतावासका कर्मचारी फर्काउन तथा अफगान–अमेरिका स्पेशल इम्मिग्रेन्ट भिसा (एसआईभी) निवेदकहरुलाई सुरक्षा प्रदान गर्न ३ हजार सेना पठाउन लागिएको पुष्टि गरे ।

यी सैनिकहरु अफगानिस्तानमा लामो समय नबस्ने उनले बताएका छन् । ‘यो साँघुरो फोकससहितको अस्थायी मिसन हो,’ उनले भने । यद्यपि, आफूमाथि आक्रमण भएमा अमेरिकी सेनाले पनि जवाफ फर्काउने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!