रियालीटि शो द भ्वाईस अफ नेपाल बाट एकाएक चर्चामा आएकी मेचु धिमाल एवम भोजपुरमा जन्मघर भएता पनि पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएका रक्षक राईको स्वरमा रहेको”चौबन्दी चोलीमा त्यो मिठो बोलीमा” बोलको गीतको भिडियोले चर्चा कमाई रहेको छ । सार्वजनिक भएको छोटो समयमा नै यो गीतको भिडियो चर्चामा रहेको हो । बुवा भिम कुमार राई र आमा मन माया सुब्बाबाट जन्म लिएर ३ वर्षदेखि साँगीतिक क्षेत्रमा लाग्दै गर्दा हालसम्म ३२ भन्दा बढी गीतमा स्वर दिएका रक्षक र मेचु धिमालको स्वरमा चौबन्दी चोलीमा त्यो मिठो बोलीमा बोलको पुर्बेली लोकभाकाको गीतको भिडियो सार्वजनिक भएको हो । राजकुमार याक्खा र देवेन्द्र दिलदुखीको शब्दमा डिबी कुलुङले संगीत गरेको यस गीतको संगीत संयोजन, रेकर्डिङ तथा मिक्सीङ रुद्र श्रेष्ठले गरेका छन् । हाल स्टुडियोमा छायाँकन गरिएको भएता पनि चाँडै यसको कथानक भिडियो पनि निर्माण गरिने पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक रुद्र श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!