बुधबार, माघ २९, २०७६ || 961  पटक पढिएको

डा. उदिप श्रेष्ठसँग अभिनेत्री आँचल शर्माको विवाहको मिति बाहिर आएको छ । आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ ।

‘नाईं नभन्नू ल ४’ बाट अभिनयमा डेब्यू गरेकी आँचल शर्माको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । दुईले एकसाथ तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चामा मलजल पुगेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध भने कहिल्यै स्वीकार गरेनन् । उनीहरुले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको रटान मात्र लगाइरहे ।

एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताउँदै आएकी छन् । उनले अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक चलचित्रको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘डामाडोल’ नामक चलचित्र गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!