बुधबार, साउन २७, २०७८ || 492  पटक पढिएको

कोशी अस्पतालको बेथिति बढ्दो छ । अस्पतालको इमरजेन्सी वार्डमा विरामीले बेड खचाखच भरिएको छ तर, डाक्टरको दर्शन दुर्लभ छ ।
अस्पतालको इमरजेन्सी वार्डमा डाक्टर नबस्ने गुनासो आएपछि मंगलबार न्यू सृष्टि दैनिकले स्थलगत अनुगमन गरेको थियो । इमरजेन्सी वार्डमा डाक्टर भेटिएनन् । इमरजेन्सीका बेडहरू विरामीले खचाखच भरिएको थियो ।

बेड नपुगेर विरामीहरू इमरजेन्सीको वार्डका भ्mयालमा सुतेर उपचार गराइरहेका थिए । इमरजेन्सीमा प्रदेश नं. १ देखि मात्र नभएर प्रदेश नंं २ बाट पनि विरामी आउने क्रम रोकिएको थिएन । तर जतिसुकै जटिल विरामी आएगए पनि तिनीहरूको उपचारका लागि एमबीबीएस वा एमडी गरेका डाक्टर थिएनन् ।

मंगलबार इमरजेन्सीमा डा. पुरनचन्द्र साहको ड्युटी थियो । तर डा. साह ड्युटीमा भेटिएनन् । साहले अन्य कुनै डाक्टरलाई कार्यभार पनि सुम्पिएको भेटिएन । इमरजेन्सी डाक्टर अभावमा रामभरोसे चलायमान भएको थियो । डाक्टर अनुपस्थित हुँदा अस्पतालका स्वास्थ्य प्राविधिक र हेल्थ कलेजका विद्यार्थीहरूले विरामीको उपचार गरिरहेका थिए ।
डा. साह बारे जिज्ञासा राख्दा उनी मोरङ जिल्ला अदालतमा घाउ जाँचबारे बयानका लागि गएको जानकारी दिइयो । आफू ड्युटी समयमा इमरजेन्सी वार्ड बाहिर गएको बेला डा. साहले उनको साटो अरू कुनै डाक्टरलाई जिम्मेवारी सुम्पिएको पाइएन । कोरोनाको जोखिम भत्तामा अल्मलिएको अस्पताल प्रशासनले समेत डा. साह इमरजेन्सीको ड्युटी छाडेर अदालत जाने भएपछि त्यो समयमा वैकल्पिक डाक्टर व्यवस्था गर्न आवश्यक ठानेन ।

कोशीमा ड्युटीबाट डाक्टरहरू गायब हुनु भनेको पुरानै रोग हो । ड्युटी समयमा डाक्टरहरू रिफ्रेसको बहानामा चिया चमेना र घुमफिर भन्दै घण्टौ इमरजेन्सी वार्ड बाहिर रहने गरेको सामान्य झैं बनेको छ ।

१६ बेडको इमरजेन्सीमा मंगलबार २२ विरामी उपचाररत थिए । सर्प दंश, निमोनिया, खुन चढाउनु पर्ने, स्वास प्रस्वासको समस्या, टिबीका पुराना विरामीहरू उपचाररत थिए । विरामीहरू डाक्टरको अभावमा स्वास्थ्य प्राविधिकसँगै सोधपुछ गर्ने गरेका थिए । २ बजेको दोस्रो सिफ्ट डा. गौरव देवले सम्हाल्ने भनिएपनि २० मिनेट वितिसक्दा पनि उनी इमरजेन्सीमा देखा परेका थिएनन् । इमरजेन्सीमा लाइफ सर्पोटका लागि चाहिने भेन्टिलेटरको पनि अभाव छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!