बुधबार, साउन २७, २०७८ || 441  पटक पढिएको
फ़ाईल तस्बिर

नेपालमा प्रत्येक वर्ष विभिन्न देशबाट ५० प्रतिशतका दरले नयाँ सवारी साधन भित्रिन्छ । सवारी साधन रफ्तारपूर्ण बढोत्तरीअनुसार वैज्ञानिक ढंगले सडक निर्माण हुन नसक्दा दुघर्टना बढ्दै प्रत्येक वर्ष सयौंको संख्यामा सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् । सुनौलो पूर्व नेपाल यातायात प्रा.लि. विराटनगरका अध्यक्ष राजन कँडेलले बढ्दो सवारी दुघर्टनाका कारण प्रत्येक वर्ष १० प्रतिशतभन्दा बढी यातायात व्यवसायी पेशाबाट पलायन भइरहेका छन् र पलायन हुने क्रम जारी रहेको जानकारी गराए ।

अन्तर्राष्ट्रिय स्तरमा सवारी साधन संख्याको अनुपातमा वैज्ञानिक ढंगले सडक निर्माण गरिन्छ । १० वर्षका लागि निर्माण ४ लेनको सडकलाई समयावधि सकिनु अघिनै सवारी साधनको अनुपातमा सिक्स लेनको सडक निर्माण गरिन्छ । जसका कारण सडक दुघर्टनामा कमी भएर देशका नागरिक अकालमा ज्यान गुमाउँदैनन् । तर नेपालमा २० वर्षअघि बनाइएका सडकको लम्बाई र चौडाई ज्यूँकात्यूँ छन् ।

१ हजार सवारी साधन कुद्ने सडकमा यतिखेर लाखौ सवारीसाधन कुदिरहेका छन् । बढ्दो सवारी चाप र ट्राफिक जनचेतना अभावका कारण प्रत्येक वर्ष सवारी दुघर्टनमा वृद्धि हुँदै हजारौ नेपालीले अनाहकमा ज्यान गुमाइरहेका छन् । सरकारले भारत चीनसहित तेस्रो मुलुकबाट महङ्गा सवारीसाधन भित्राउने कम्पनीको हकमा २४० प्रतिसत भन्सार दस्तुर लिन्छ । तरपनि प्रत्येक वर्ष महङ्गा सवारी साधन भित्रिने क्रम बढेको छ ।
कानूनले सडक दुघर्टनामा मृत्यु हुने परिवारलाई सवारीसाधन संचालकले ५ लाख रूपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । यातायात व्यवसायीले सवारी साधनको बीमा गर्दै दुघर्टनाको सम्पूर्ण रकम बीमा कम्पनीले व्यहोर्ने दावी गर्ने गरेको छ । तर सवारी दुघर्टनमा मृत्यु भएका परिवारलाई बीमा कम्पनीले बढीमा ३ लाखसम्म क्षतिपूर्ति दिने गरेको छ ।

दुघर्टना हुनासाथ मृतक पक्षले सडक अवरूद्ध गरेर कम्तीमा ३० लाखभन्दा बढी रकम माग दावी गर्ने गरेका छन् । जुन जिल्लामा सडक दुघर्टना भयो त्यहि जिल्लाका प्रहरी प्रशासनका प्रमुखले यातायात सवारीसाधन र मृतक पक्ष मिलेर आउनु भनेर जवाफ दिने कारण दुघर्टनामा मृत्यु भएका परिवार पक्षलाई यातायात व्यवसायीले घरघडेरी र सवारीसाधन बिक्री गरेर मोटो रकम दिनु पर्ने बाध्यता छ ।
यातायात व्यवसायी यसरी सम्पूर्ण जायजेथा बिक्री गरेर मोटो रकम तिर्नुपर्दा पेशैबाट पलायन हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । अन्तर्राष्ट्रिय स्तरमा निजी क्षेत्रको ५० प्रतिसत र सरकारको ५० प्रतिसतको संयुक्त लगानीमा यातायात सेवा संचालन हुने गरेको छ । सडक दुघर्टना भए निजी क्षेत्र सरकार र बीमा कम्पनीले क्षतिपूर्तिको रूपमा रकम उपलब्ध गराउँदै यातायात व्यवसायीलाई खासै असर नपर्ने हुँदा निर्वाधरूपमा यातायात संचालन भइरहेको छ ।

यातायात व्यवसायी किशोर धमलाले पछिल्लो समय एसी डिलक्स लगायतका महङ्गा सवारीसाधनले आवश्यक गन्तव्यमा पुग्नका लागि सेवा सुविधा प्रदान गरिरहेको छ । साँधुरो बाटोमा साधन कुदाउँदा दुघर्टना हुने र महङ्गा साधन बेचेर क्षतिपूर्ति दिन नसकिने हुँदा पेशा छाड्नुपर्ने बाध्यता छ । जिल्ला ट्राफिक मोरङका प्रमुख इन्सपेक्टर चन्द्रबहादुर खड्काले प्रत्येक वर्ष सवारी दुघर्टना वृद्धि भइरहेको जानकारी गराए ।
खड्काले भने, ‘१० वर्ष अगाडि थोरै सवारीसाधन संचालन हुँदा थोरै मानिस दुघर्टनामा परेर मृत्यु हुन्थ्यो तर अहिले साधन बढेकोले मृत्यु दर बढेको देखिन्छ ।’

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!