बुधबार, साउन २७, २०७८ || 655  पटक पढिएको

यहाँ खोपका लागि एकले अर्कालाई कित्तामा पु¥याउने काम भइरहेका छन् । व्यक्तिगत इगो पोखिएका छन् सोसल मिडियामा ।
आफ्नै कार्यालयसमेत तोडफोड गर्ने कार्य भइरहेका छन् जनप्रतिनिधिहरूबाटै । भने जति खोप नआउँदा जनप्रतिनिधिलाई पनि जनताको दवाव छ । खोपकै कारणले सोसल मिडियामा एकले अर्काको कन्दनी फुस्क्याउने काम पनि भएका छन् । भनसुन, शक्तिमा भएकाहरूले सहज तरिकाले खोप लगाउने कार्य पनि नभएको होइन । सकारात्मक कुरा के भने समाजको अग्रपंक्तिमा रहेका प्रायः सबैले खोपको डोज पूरा गरेका छन् ।

आसेपासे, आफन्तले पनि खोप लगाउने अवसर प्राप्त गरेका छन् । यसमा चित्त नदुखाउनुहोस् किनभने लगाउने नेपाली नै हुन । कोटामा खोप लगाउने पनि छन् । नपाउनेको कन्सीरी तातेको छ । एउटा खोप लगाएको ६ महिना भयो, अर्को डोज आएको छैन ज्येष्ठ नागरिकलाई । थाहा छैन यतिका महिनापछि पुनः लगाउने खोपले काम गर्न वा गर्दैन, स्वास्थ्यकर्मीले यसबारे बताउँलान् ।

तर, हामी व्यर्थमा झगडा गरिरहेका छौं । हामी एकले अर्कालाई लाञ्छना मात्र लगाएर आत्मरती प्राप्त गरिरहेका छौं ।
सीमा पारी जोगवनीमा मात्र हजार भारूमा मज्जाले खोप लगाउन सकिन्छ । लगाएर आउनेले यो कुरा भनेका हुन । खोपले बदनाम हुने डरले पनि कतिपय सुटुक्क भारततर्फ गएर खोप लगाएर फर्किएका छन् । केही हप्ताअघि पूर्णीयासम्म पुगेर खोप लगाएर फर्किएका एक अर्धवैसे व्यक्तिले भने, ‘यहाँ आँखोको तारो किन हुनु ? केही पैसा खर्च गरियो र आनन्दसित लगाएर फर्किइयो ।’

कोही पश्चिम बंगला राज्यको सिलगुडीसम्म गएका छन् खोप लगाउनकै लागि । कोही उत्तर प्रदेश र दिल्लीसम्म पुगेर डोज पूरा गरेका छन् ।
परिचित एक युवाले गज्जवको कुरा सुनाए–उनी खोपको डोज लगाउन जोगवनी गए । हजार रुपैयाँ खोपको अनि लगाएको अलग्गै सय भारू ।
यी युवा केही दिनपछि वैदेशिक रोजगारीका लागि जाँदै रहेछन् । उनी नेताकहाँ धाए, लगाउने भनेर भनियो पनि तर, खोप काण्डले गर्दा लगाउन सकेनन् । खोपको मात्रा पूरा गर्नका लागि पनि उनले जोगवनी गएर खोप किनेर लगाउनु प¥यो । कार्ड यहाँको बनाइएको छ । कार्डमा खोपको दुबै मात्रा लिएको लेखिएको छ । कतिपय बाध्यताले गर्दा पनि यस्तो उपाय निकाल्नु पर्ने हुन्छ ।

जोगवनीमा धेरै पसलहरूमा खोप पाइन्छ । खोप लगाउने लाइन चैं तपाईंले समाउन सक्नुपर्छ । मात्र तपाईंले शुल्क बुझाउनुपर्छ, सहज तरिकाले प्राप्त हुन्छ खोप । व्यक्तिका लागि तोकेरै पठाइएको खोपको व्यवस्थापन कसोरी हुन्छ नेपालीका लागि ? जोगवनी गएर खोप लगाएर आएका एक बुद्धिजीवीले सुनाए–त्यहाँका नागरिकले खोप लगाउन मान्दैनन्, उनीहरूको रासन कार्डको फोटो कपी बनाएर उनीहरूको नाममा खोप लगाइँदो रहेछ ।

खोप अमृत बुटी पटक्कै होइन । यो नलगाए पनि केही हुन्न तर, मापदण्डमा बस्न सक्नुपर्छ । खोप लगाउँदैमा कोरोना नहुने पनि होइन । तर, खोपले शरिरमा ऊर्जा प्रदान गर्ने कुरा सही हो । खोप लगाएकालाई भाइरसले आक्रमण कम गर्छ । आक्रमण नै नगर्ने भन्ने होइन ।
एउटा कुरा सत्य के हो भने नेपालमै पनि अब खोपको खास्सै समस्या देखिने छैन । सरकारले उच्च प्राथमिकतामा राखेर खोप ल्याइरहेको छ । आउँदा केही दिनहरू खोपबारे नानाथरीका कुरा आउन सक्छन् । तर, विस्तारै यो सर्वशुलभ हुनेछ ।
यस्तो दिन पनि आउने छ अहिले जोगवनीका पसल–पसलमा पाइएझैं विराटनगरमै पनि खोप लगाउन सकिनेछ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!