हिपमत डटकम

बुधबार, साउन २७, २०७८ || 547  पटक पढिएको

तेक्वाण्डो खेलको प्रवद्र्धन र विकासमा लामो समयदेखि लागि परेका प्रशिक्षक प्रविण कार्कीले ‘सिक्स’ डानको उपाधि पाएका छन् । आइटीएफ तेक्वाण्डोमा ‘सिक्स’ डानको उपाधि पाउने कार्की प्रदेश १ का पहिलो व्यक्ति हुन् ।
नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका कार्कीले काठमाडौंमा केही दिन अगाडि सम्पन्न सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्ट्रिय परीक्षामा उत्तीर्ण भएपछि ‘सिक्स’ डानको उपाधि पाएका हुन् ।

उनीसँग अन्य चार जना प्रशिक्षकहरूले ‘सिक्स’ डानको उपाधि पाएका छन् । नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका अध्यक्ष अन्जन धमाला, उपाध्यक्ष कार्की, महासचिब अन्जु राउत र सदस्यहरू उमेश राजथला र फतेमा बिबीले सिक्स डानको उपाधि पाएका हुन् ।

काठमाडौंमा सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्टिय परीक्षा भएको थियो । उक्त परीक्षा उत्तीर्ण गरेपछि अन्तर्राष्ट्रिय तेक्वाण्डो ९ औं डान ग्राण्ड मास्टर भारतीय नगरिक राजेन्द्र बलानले नेपालका पाँच जना प्रशिक्षकहरूलाई सिक्स डानको उपाधि दिएका हुन् ।

सिक्स डानको उपाधि पाएका कार्कीले तेक्वाण्डो खेलको वृद्धि विकास गर्दै खेल क्षेत्रमा लागेका खेलाडीलाई व्यवसायिक रूपमा अगाडि बढाउन लागि पर्ने बताए । ‘तेक्वण्डो खेलको विकास र प्रवद्र्धन गर्दै ग्रामीण बस्तीसम्म पु¥याउने मेरो लक्ष्य हो,’ उनले भने, ‘त्यसको लागि राज्यसँग पहल कदमी गरेर अगाडि बढनेछु ।’

खेलाडी राज्यको गहना गएकाले उनले खेलक्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । ‘राज्यले खेल क्षेत्रलाई प्रथामिकतामा राख्न सके मात्र समग्र खेलकुद क्षेत्रको विकास हुनेछ । त्यसपछि खेलाडी व्यवसायी बन्नेछन् । त्यही भएर तीन तहको सरकारले खेलकुदलाई प्रमुख प्रथामिकतामा राख्न सक्नुपर्दछ,’ कार्कीले सिक्स डानको उपाधि पाएपछि भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!