बुधबार, साउन २७, २०७८ || 1095  पटक पढिएको

सामान्य परिवारको ठिटोले असामान्य काम गरेको छ । जनकपुरको सामूदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आशिक झाले एमबीबीएस प्रवेश परीक्षामा ११ हजार विद्यार्थीमध्ये सर्वोकृष्ट अङ्क ल्याएका छन् । । मनमा लगन, हौसला र अनुशासन भयो भने पैसा कहिँकतै तगारो नबन्ने रहेछ । विगतका दिनमा पनि हामीले पैसा निरीह बनेको देखेका छौं । एसईई गरेपछि काठमाडौको सेन्ट जेभियर्स पढ्ने धोको आशिकको थियो ।

उनले नामपनि निकाले । तर जेभियर्सले डोनेसन माग्यो, जुन झाले तिर्न सकेनन् । जेभियर्सले झालाई चिन्न सकेन । झा कक्षा ११ र १२ पढ्न काठमाडौको सस्तो सरकारी विश्व निकेतन पुगे । निकेतनका सरकारी मास्टरले आशिकलाई के कस्तो र कति पढाए त्योबारे पछि चिन्तन गरौंला तर आशिकको मिहिनेत सर्वोपरी रह्यो ।

सामान्य परिवारमा जन्मिएको आशिकले प्रवेश परीक्षामा कैंयौं असामान्य हैसियत बनाएका बाबुआमाका सुकिला मुकिला तेजिला विद्यार्थीसँग प्रतिस्पर्धा गर्नु परेको थियो । तर आशिकले बाजी मारे । भर्खरै वयस्क बनेका आशिकले चिकित्सा शिक्षा आयोगले बिहीबार राति सार्वजनिक गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा कसैलाई उछिन्न दिएनन् । आशिकले जम्माजम्मी ३० हजारभित्र दुबै कक्षाको पठनपाठन सिध्याए र लाखौ खर्चेर सुविधा सम्पन्न विद्यालयमा पढ्ने प्रतिस्पर्धीलाई जिते ।

छिमेकी भारतकै कुरा गर्ने हो भने सामान्य व्यक्तिहरूले नै असामान्य काम गरेका छन् । मिसाइल म्यान एपीजे अब्दुल कलाम घरबाट विद्यालय जान खाली खुट्टा ३५ किलोमिटर रोज हिड्ने गरेका थिए । भारतका पूर्व प्रधानमन्त्री लालबाबु शास्त्री १ पैसा तिरेर डुंगा चढ्न नसक्दा तैरिएर गंगानदी पार गर्ने गरेका थिए भन्ने कुरा किताबमा पढ्न पाइन्छ ।

बालक छँदा चिया बेच्दै हिड्ने आज डेढ अर्ब जनता हाक्ने प्रधानमन्त्री बने । सामान्य परिवार र सामान्य मान्छेमा केही गरेर देखाउने हौसला हुँदो रहेछ । जसले मनमा केही गरेर देखाउने ठानेको हुन्छ त्यसले अवश्य पनि सफलता प्राप्त गर्छ । आशिकको आशिकी अध्ययनसँग बस्यो । आशिकका दाइ अम्बेसपनि आयुर्वेदीय चिकित्साशास्त्र अध्ययन गर्दै छन् । दाइ अम्बेस र भाई आशिकबीच एउटा समानता के थियो भने तिनीहरू नास्ता खाँदैन थिए । घरबाट थोरै पैसा आउने भएपछि अम्बेश र आशिकले नास्तालाई बहिष्कार गर्ने गरेका थिए ।

आधै पेट खाएर पनि लगनका कारण आशिकीले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न पाए । अरू सामान्य परिवारका छोराछोरीले पनि आशिकबाट प्रेरणा लिन सक्छन् । केवल कम्मर कस्नु पर्छ । जसरी आशिक अध्ययनमा अब्बल देखिए त्यसैगरी आमसर्वसाधारणको उपचारमा पनि आशिक अब्बल देखिनु पर्छ । छात्रवृत्तिमा अध्ययन गरेपछि आशिक चिकित्सक नबन्ने सवालै उत्पन्न हुँदैन ।

्आशिक स्वास्थ्य क्षेत्रमा उपसचिव र सचिव जस्ता पदमा पनि विराजमान होलान् । अग्रीम शुभकामना । तर बिड्म्बनाको कुरा के छ भने लक्ष्मीजीलाई घूसको रूपमा डकारेर सरकारी ओहदा ओगटेका कतिपय सामान्यपनि असामान्य बनेका छन् । कुनै बेला फाटेको जुत्ता लगाउनेहरूको आज घर होइन महल छ । तिनीहरूबाट देशले केही आशा गर्न सक्दैन ।

आशिकमा कहिले अवैध बाटोबाट अकूत सम्पत्ति जोड्ने लालसा नपलाओस् । आशिकले गरेको चिकित्सकीय अध्ययन विशुद्ध सेवाभावका लागि प्रयोग होस् । पैसाको लोभ र ग्लेमरमा आशिक फसे भने उनले दुःखका साथ आर्जन गरेका सबै विद्वता उडेर जाने छ । अहिलेदेखि अध्ययनका साथसाथै आफू्रलाई देश निर्माणका लागि दृढ अठोटका साथ तयार बनाएर सधैं इमान्दार रहे निश्चयपनि आशिकको नामको सधैं डंका बजी नै रहने छ । यो हेक्का रहोस् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!