हिपमत डटकम

बुधबार, साउन २७, २०७८ || 533  पटक पढिएको

एजेन्सी । चिनियाँ अदालतले जासूसीको अभियोगमा क्यानडाका व्यापारी माइकल स्पाभोरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर काोरिया जान्थें । दान्दोङ जनअदालतले जारी गरेको विज्ञप्तिअनुसार जासूसी गर्ने र देशका गोप्य कुराहरु विदेशीहरुलाई सुनाउने गरेको अभियोगमा उनी दोषी पाइएका छन् ।

अदालतले स्पाभोरलाई उनकै देश पठाइने पनि जनाएको छ । तर, जेल सजाय पूरा गरिसकेपछि पठाउने वा त्यसअघि नै पठाउने भन्ने खुलेको छैन । डिसेम्बर २०१८ मा क्यानेडियन माइकल कोभरिगसँगै स्पाभोर पनि जासूसीको अभियोगमा हिरासतमा परेका थिए ।

भ्यान्कोभरमा हुवेई कम्पनीका प्रमुख वित्तिय अधिकृत मेन्ग वान्झोउ पक्राउ परेसँगै यी दुईलाई चीनमा पक्राउ गरिएको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप हुवेईमाथि लगाइएको थियो ।

मेन्गको सुनुवाई अहिले चलिरहेको छ । उनी २०१८ यता भ्यान्कोभरमा नजरबन्दमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!