हिपमत डटकम

बुधबार, साउन २७, २०७८ || 701  पटक पढिएको

एजेन्सी । अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो र दोस्रो लहरको दाँजोमा अहिले बालबालिकाहरूमा कोरोना संक्रमण बढेको छ । अमेरिकाको अलाबामा, अरकन्सास, लुसियाना र फ्लोरिडामा १८ वर्षभन्दा कम उमेरका बच्चाहरूमा संक्रमण बढेको हो । नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ ।

अरकन्सासस्थित बाल अस्पतालमा संक्रमणका कारण भर्ती हुने बालबालिकाको संख्या झन्डै ५० प्रतिशतले बढेको छ । यस अस्पतालमा ७ नवजात शिशुहरू आईसीयुमा छन् भने दुई शिशुहरू भेन्टिलेटरमा पुगेका छन् । लुसियानामा जुलाईको अन्तिम साता सर्वाधिक ४ हजार २ सय ३२ बच्चाहरूमा संक्रमण देखिएको छ । यहाँ १५ देखि २१ जुलाईको अवधिमा पाँच वर्षभन्दा कम उमेरका ६६ बालबालिकामा संक्रमण देखिएको छ ।

त्यस्तै, फ्लोरिडाको स्वास्थ विभागका अनुसार १२ वर्षभन्दा कम उमेरका १० हजार ७ सय ८५ जना संक्रमित भएका छन् । १२ देखि १९ वर्ष उमेरका ११ हजार ४८ बालबालिकामा संक्रमण देखिएको छ । बेलायतमा हरेक दिन औसत ४० बच्चाहरु अस्पतालमा भर्ती भइरहेका छन् ।

बच्चालाई कम भएन खतरा
अमेरिकामा २०२० मा बच्चाको मृत्युको प्रमुख कारण कोरोना थियो । युनिभर्सिटी अफ ब्रिस्टलका बालरोग विशेषज्ञ प्रोफेसर एडम फिन्नका अनुसार बच्चामा कोरोना संक्रमणको खतरा कम भएको छैन । ‘मेरो साथी भन्छन् कि उनले अस्पतालमा संक्रमित बच्चालाई देखिरहेका छन् । तर संख्या निकै कम छ । यो लहर पहिलेका दुई लहरको तुलनामा केही अलग छ भन्ने स्पष्ट हुन्छ ।’

इम्पेरियल कलेज अफ लण्डनका पिडियाट्रिक संक्रामक रोग विशेषज्ञ डाक्टर एलिजावेथ व्हिटकरले पनि अमेरिका र बेलायतमा १२ वर्षभन्दा कम उमेरका बच्चाहरु संक्रमित हुने दर बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!