हिपमत डटकम

मंगलबार, साउन २६, २०७८ || 802  पटक पढिएको

दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!