बुधबार, माघ २९, २०७६ || 725  पटक पढिएको

मोरङको बेलवारी नगरपालिका-११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान पौने १० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका-१ का ५५ बर्षीय नर बहादुर खड्का र सोही स्कुटरमा पछाडी सवार रहेका ५९ बर्षीय दिल बहादुर खड्का घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा दिल बहादुर खड्काको पौने १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । ट्रक र ट्रक चालकलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!