जुगेश दास

मंगलबार, साउन २६, २०७८ || 942  पटक पढिएको

इनरुवा । सुनसरीको देवानगन्ज गाउँपलिकामा कृषि पेशामा आधारित रहेका किसानहरु यति बेला बादर आतंकले चिन्तित बनेको छ ।

बादरहरुले कृषकले खेतमा लगाएका तरकारी बाली खाने तथा नोक्सान गरेकाले किसानहरु चिन्तित भएको स्थानीय युवा किसान राजेश मेहताले हिपमत डटकमलाई बताएका छन । यो समस्या गाउपालिकाको वार्ड न .२ ,३ र ४ मा रहेको छ

मेहताका अनुसार लगभग ४ सयको हराहरिमा रहेकोे बादरहरु गाउँ पालिकाको शंकरपुर , साहेबगन्ज , पाचौंसिमल र केवल्ल्सा क्षेत्रमा किसानहरुले खेतमा लगाएको उखु , धान , गहु ,मकै , बैगुन, भिण्डी , घेरौला , पडवल लगायतका तरकारी बाली बादरले खाने गरेको उनको भनाई छ। आफुले ४ बिघामा लगाएको उखु मध्ये ६ कठ्ठा उखु बादरहरुले खाइ दिएको तथा नोक्सान गरेको दुःख मेहताले व्यक्त गरेका छन्।

त्यस्तै दिलिप मेहताले पनि १ बिघामा लगाएको उखु मध्ये ४ कठ्ठा जति उखु लगायत बालिमा लगायतका भिण्डी , पडवल , मकै , धान , गहुँ लगायतका बालीहरु बादरहरुले खाईदिएपछि आफुहरु निकै नै समस्यामा रहेको हिपमत डटकमलाई बताए। यस समस्याको समाधान छिट्टै निकाल्न नसके आफुहरु मारमा पर्ने उनले थपे।

बादरको आतंकबाट बाली बचाउनका लागि एक जनाले विहान ६ बजे देखि लिएर साझ ५ बजेसम्म बादर धपाउनका लागि गुलेली , भला , लाठी , पडका लगायतका सामग्री लिएर खेतमा बस्नु पर्ने हामी किसानहरुको बाध्यता रहेको स्थानिय किसानहरुले बताए।

बादरले हामी किसानहरुको बाली खाने तथा नोक्सान गर्ने बाध्यता यति मात्रै होइन । हामीले घरमा पकाएका खाना समेत घरमा गएर खाइदिने , खान लिएर भाग्ने,लुगाफाटो लिएर भागी जाने, बालबालिकाहरुले धपाउन खोज्दा उल्टै बालबालिका माथि आक्रमण गर्ने जस्ता बाध्यता खेप्नु परेको स्थानिय बबली देवि मेहताले बताए।

कृषिकहरुले स्थानीय सरोकारवाला तथा गाउँपालिका लाई बादर आतंक समस्या लाई समाधानका लागि बारम्बार जानकारी गराउदा पनि स्थानीय सरोकारवालाहरुले कुनै पनि चासो न देखाएको किसानहरुको गुनासो छ।

बादर आतंक समस्याका बारेमा हामीले गाउँपालिको अध्यक्ष लाली प्रसाद मेहतासंग बुझ्दा बादर आतंक त छ यस लाई समाधानका लागि हामिले मात्रै गरेर हुदैन ,यसमा किसानहरुको पनि साथ र सहयोग चाहिन्छ मेहताले बताउनु भयो। ।

बादर आतंक छिट्टै नियन्त्रण गर्ने गाउपालिकाले यस बिषयमा ठोस कदम चाल्ने अध्यक्ष मेहताले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!