हिपमत डटकम

सोमबार, साउन २५, २०७८ || 470  पटक पढिएको

एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई सार्वजनिक गर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइफेल टावर भाडा लिएको दावी गरिएको छ ।

आइताबार मेस्सी बार्सिलोनाबाट बिदाइ भएका थिए । पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल(थानीले शनिबार नै सामाजिक सञ्जालमार्फत मेस्सी चाडैँ औपचारिक घोषणा गर्ने बताए थिए ।

मेस्सीलाई भित्र्याएको घोषण गर्न पीएसजीले १० अगस्टका लागि आइफेल टावर भाडामा लिएको इस्पेन पत्रिकाले दावी गरेको छ । इस्पेनका अनुसार पीएसजीले तीन लाख युरो तिरेर टावर भाडामा लिएको हो । रोयर्टसका अनुसार पीएसजी र मेस्सबीच दुई वर्षको सम्झौता भएको छ ।

पीएसजील सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा पीएसजीले आइफेल टावर भाडामा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!