उत्तरी मोरङ गएर हेर !

रिपोर्टरको कूनो

आइतबार, साउन २४, २०७८ || 546  पटक पढिएको

विकास के हो ? टाढा जानु पर्दैन । विराटनगरमा चार बर्षमा के भयो ? त्यसको जवाफ मेयर, उपमेयर, जनप्रतिनिधिले दिने हो । किनभने यी बर्षहरू उनीहरूको समय थियो । वास्तवमा विराटनगर जस्तो महानगर र प्रदेशको राजधानीमा देखिने कुनै विकास भएनन् ।

यसका लागि विराटनगर महानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिले नजानेकै हो । धेरै टाढा जानु पर्दैन । भगिनी संस्था स्थापना भएको दोस्रो वा तेस्रो मुलुक पनि जानु पर्दैन । उत्तरी मोरङको सुन्दरहरैंचा, बेलबारी, उर्लाबारी, लेटाङ, पथरीशनिश्चरेलगायतका सहर उन्मूख ग्रामिण क्षेत्रमा पुगे हुन्छ । त्यहाँ विकासको खाका कसोरी कोरिएको छ त्यो विराटनगरले हेर्नुपर्ने हो ।

सानाले असल काम गरे भने पनि त्यसलाई सिरोधार्य गर्दै राम्रो भन्न सक्नुपर्छ । सेल्फी रोडमा कति लगानी भयो विराटनगरका मेयरले गएर हेरून । लेटाङको झोलुङ्गे पुल र अन्य पर्यटकीय क्षेत्रमा गएर उपमेयरले हेर्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृतले उत्तरी मोरङको वृन्दावन, सिमसार क्षेत्रहरूलाई गएर हेर्नुपर्छ । केही त सिक्ने अवसर मोरङले नै दिएको छ । तर, किन अरू कसैको असल कामलाई हामीले नजरअन्दाज गरिरहेका छौं ?

हो, कामै नभएको होइन । नमूना विकासका प्रसस्तै काम भएका छन् । यसबाट पाठ सिक्नुपर्छ सहरी क्षेत्रले । तर, हामी किन असल कामको पछि लागेर केही गर्ने आँट गर्दैनौ ?

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!