मापदण्ड पालना भएको छैन

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 423  पटक पढिएको

बुद्ध एयरको एक जहाजमा एक संचारकर्मी सवार भए । सामाजिक दूरी त्यहाँ केही थिएन । ७० भन्दा बढी यात्रु सवार थिए । क्षमताभन्दा कम थिएनन् यात्रुहरू, अर्थात भरमार यात्रु बसेका थिए । सबैलाई काठमाण्डू जानु छ । सरकारले केही अघि निर्णय गरेको थियो, क्षमताको आधा यात्रु मात्र चढाउने । तर, पालना भएको महसुस गरेनन् कुनै पनि यात्रु र स्वयम् संचारकर्मीले पनि ।

मास्क प्राय सबैले लगाइएका छन् । फेस शिल्डको प्रयोग भएको छ यो राम्रो कुरा हो तर, विमानस्थल छाडा छ । कोरोनाप्रति कसैलाई वास्ता छैन । आफ्नै तालले हिडेका छन् । ज्वरो मापन गरेजस्तो व्यवहार कर्मचारी देखाउँछन् । जाँच गर्छन तर, के कति डिग्रीको ज्वरो छ भनेर केही बताउँदैनन् । प्रहरी आफैले पनि मास्क लगाएका छैनन् तर, अरूलाई लगाउन प्रेरित गरिरहेका छन् ।

अचम्मै देखिन्छ विमानको यात्रा गर्दा ।
जहाज नचल्दा मापदण्ड अपनाउने कुरा गर्छन कं. हरू अनि चल्न थालेपछि सबै चुपचाप छन् । नियम एउटा छ तर, पालना भएको छैन । सबैलाई कमाउनु छ । दृश्य हेर्दा यस्तै लाग्छ ।

दृश्यले भन्छ यो देशमा कोरोना छैन । कोरोना के हो भन्न्ने कुरा विमानस्थलबाट थाहा हुन्न । विमानमा यात्रु कोचेपछि सकियो जिम्मेवारी । कोरोना लागोस् या मरोस् केही मतलव छैन । टिक बिक्री भएको छ र, सिट फूल भएको छ । जय होस् विमान कं. हरूको ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!