हिपमत डटकम

शनिबार, साउन २३, २०७८ || 678  पटक पढिएको

भारतको हिमाञ्चल प्रदेशमा रहेको सिरमौर जिल्लामा चालकको चलाखीले ठूलो दर्घटना हुनबाट जोगिएको छ । पान्वटा शिलाई नेशनल हाईवे–७०७ को बोहराडको नजिकै एक निजी यात्रुबाहक बस ठूलो भिरबाट ३०० मिटर तल खस्नबाट जोगिएको हो ।

बस दुर्घटना हुनबाट जोगिएपछि बसमा सवार ३० जना सकुशल रहेका छन् । शुक्रबार साँझ ४ बजे ३० जना सवार बस पान्वटाबाट शिलाईतर्फ गइरहेको छ । बस चालकको चलाखीले दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले भारतीय सञ्चार माध्यमलाई बताएका छन् ।

कफोटाबाट करिब १० किलोमिटर टाढा पुगिसकेको बसको स्टेयरिङको रड टुट्यो । जसको कारण बस सडकको छेउमा रहेको प्यारापिटलाई तोडेर हावामा अड्कियो । तब, बसमा सवार सबै यात्रु रुन र कराउन थाले ।

बसको आधा हिस्सा सडकबाट बाहिर गइसकेको थियो । तर, उक्त समयमा पनि चालकले होस गुमाएनन् र ब्रेक लगाइरहे । जसको कारण बस एउटा मात्र टायरको साहारामा अड्कियो ।

चालकले उभिएर सबै यात्रुलाई बाहिर निकाले त्यसपछि सबै मिलेर बसलाई ठूलो ढुङ्गाको आड दिएर रोके र चालकलाई पनि बाहिर निकाल्न सफल भए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!