बुधबार, माघ २९, २०७६ || 1149  पटक पढिएको

सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र सेन्टि भाइरसको प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा सेन्टि भाइरसको प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले पार्टि जिताइदे बोलको गीतको सोमबार छायांकन गरिएको हो । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ ।

भिडियो चलचित्रका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झैझगडालाई देखाइएको छ । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!