
कोरोना भाइरसको महामारी प्रारम्भपछि अहिले संसारभरीका सम्पूर्ण विशेषज्ञहरू यही भाइरसको अनुसन्धान तथा परीक्षणमा जुटेका छन् ।
हरेक दिन कोरोना भाइरससंग सम्बन्धित नयाँ अध्ययनको नतिजा आइरहेका हुन्छन् । एउटा नयाँ अध्ययनको नतिजा सार्वजनिक गरिएको छ, जसमा कोरोना पोजिटिभ विरामीको आँशुबाट पनि भाइरस फैलन सक्छ ।

एउटा अंग्रेजी पत्रिकाका अनुसार कोरोनाका १२० विरामीमा गरिएको अध्ययनमध्ये ६० विरामीमा आँशुको माध्यमबाट भाइरस शरीरको अन्य भागमा पुग्यो । तर, ६० विरामीमा भने त्यस्तो भएन ।
सर्वेक्षणकर्ताले ४१ विरामीमा कन्जंक्टिभल हाइपरमिया, ३८ जनामा फलिक्युलर रिएक्शन, ३५ जनामा केमोसिस, २० जनामा म्यूकइडको समस्या र ११ जनामा चिलाउने समस्या देखियो ।
अक्यूलर लक्षण भएका करिब ३७ प्रतिशतमा मध्यम कोभिड १९ संक्रमण थियो भने ६३ प्रतिशतमा कोभिड १९ का गम्भीर लक्षण थियो । रिपोर्टमा एउटा अर्को आश्चर्यजनक तथ्य भेटिएको थियो ।
वास्तवमा करीब १७ दशमलव ५ प्रतिशत बिरामी, जसको आँशुको आरटी–पीसीआर टेस्ट गरिएको थियो, उनीहरू कोरोना पोजिटिभ पाइए । ११ बिरामी (९.१६) मा ओकुलर अभिव्यक्ति थिए । १० बिरामी (८ दशमलव ३३ प्रतिशत) मा कुनै ओकुलर समस्या थिएन ।
कोरोना भाइरसको रिपोर्टमा के भनियो भने संक्रमितक बिरामीले कन्जेकिटभाइटल श्रावमा संक्रमणलाई टाढा राख्न सक्छन् । विशेषज्ञहरु यही महिनादेखि नै कोरोनाको तेस्रो लहर आउन सक्ने बताउँछन् । त्यतिमात्र नभएर अक्टोबरमा तेस्रो लहर उच्च रहन सक्ने विशेषज्ञले दावी गरेका छन् । एजेन्सी