यो दुरूपयोग होइन ?

रिपोर्टरको कूनो

शुक्रबार, साउन २२, २०७८ || 487  पटक पढिएको
फाइल तस्बिर

साउन १६ गते शनिबार । सार्वजनिक स्थायी विदाको यो दिन सेल्फी रोड पथरीशनिश्चरेमा कतिलाई सामान्य लाग्ने तर, यथार्थमा सरकारी साधनको दुरूपयोग, दोहन भएको दृश्यले ध्यान आकृष्ट ग¥यो ।

सरकारी नं. प्लेटको गाडीमा ६ जना सवार थिए । सम्भवतः उनी कुनै कार्यालयको कर्मचारी हुनुपर्छ । उनले गाडीमा श्रीमति, छोराछोरी र दुई बूढाबूढी (आमाबाबु वा सासु ससुरा पनि हुनसक्छन) लाई सयर गराउन लगेका रहेछन् । गाडी राजमार्गमै राखेर यो परिवार सेल्फी रोडतर्फ हानियो । श्रीमति र छोराछोरीले टिकटक बनाउन थाले । फोटो खिचे । लगभग २ घण्टा उनीहरू त्यहाँ बसे ।

विदाको दिन यसरी सरकारी गाडी परिवारका हकमा प्रयोग गर्न पाइन्छ ? मोरङ प्रशासन कार्यालयसित सरकारी अड्डामा कति गाडी छन् ? विदाको दिन कसले चलाउँछ भन्ने जानकारी राख्नुपर्ने हो । तर, भइरहेको रहेनछ । मनमा खेल्यो–यसमा मैले तिरेको करको पनि डिजेल छ, लगानी छ । मैले केही बोल्नुपर्छ ।

सिडिओ साब्लाई फोन गरेको उठाएनन् । ५ पटक गर्दा पनि उठाएनन् । मैले त्यो गाडीको तस्वीर पनि खिचेको छु । यो कुनोमा कुरा आएपछि फोटो मागिन सक्छ तर, फोन नै नउठाउने प्रमुख जिल्ला अधिकारीलाई दिएर किन सहयोग गर्ने ?
शनिबार केही पर्यटकीय क्षेत्रको अवलोकन, अनुगमन गर्ने हो भने यथेष्ट प्रमाण भेटिन्छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!