हिपमत डटकम

सोमबार, बैशाख २४, २०८१ || 15243  पटक पढिएको

बिराटनगर। मोरङ व्यापार संघ को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन  सम्पन्न भएको छ । संघको ३४औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा नाम प्रस्ताव गरेकोले अनुपम राठी सर्वसम्मत अध्यक्ष चुनिएको हो । संघमा अनुपम राठीका बुवा नन्दकिशोर राठी र हजुरबुवा आशकरण राठी अध्यक्ष पदको जिम्मेवारी सम्हाली सकेका छन् ।

संघको पूर्व अध्यक्ष नन्दकिशोर राठीले सोमबार नवनिर्वाचित अध्यक्षको रुपमा आफ्ना छोरा अनुपम राठीलाई स्वागत गरेका छन् । संघमा अनिल साहले बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी पाएका छन् । बरिष्ठ उपाध्यक्षको सम्हालिसकेका पदाधिकारी आगामी कार्यकालका लागि अध्यक्ष बन्ने संघमा परम्परा छ । विकाशकुमार बेगवानी र अनिल सारडाले उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् ।

संजय श्रेष्ठ महासचिव, अमित सारडा सचिव, राजेश बगडिया (अग्रवाल) कोषाध्यक्ष र दिपेश सुवेदीले प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिस गोल्छा, विनित सिंघानिया, अमित राठी, आशिष जाजु, पवन राठी, गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल, संजिव श्रेष्ठ संघमा कार्यकारिणी सदस्य पदको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!