मास्क लगाउने ठाउँ कुन हो ?

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 552  पटक पढिएको

विहानी यात्रामा निस्कँदा अचम्मको दृश्य देखिन्छ । कोरोना महामारी नियन्त्रणका लागि बनाइएका नियमको सान्दार ढंगले धज्जी उडेको छ ।
प्रदेश सरकार मातहतका एक सचिव नै मास्क बेगर विहानी यात्रा गर्छन् । ‘तपाईं पनि नियमको धज्जी उडाउने ?’ भनेर प्रशन गर्दा उनले दिएको जवाफ यस्तो छ–श्वास बढ्छ, मास्क लगाउनै सकिन्न भन्या ।

कर्मचारी मुखमा होइन हातमा मास्क लगाउँछन् । पाखुरामा राख्ने अनि कसैले भन्यो भने लाइटोपलिने । कतिपयले गोजीमा राखेर हिडेको देखिन्छ । होइन मास्क लगाउने ठाउँ कुन हो ? यसले त गंभीर प्रश्न पो तेस्र्याएको छ ।

विहानी र साँझकालिन यात्रामा ज्यादातर मास्कको प्रयोग नै गर्दैनन् । टाँसिएर यात्रा गरिरहेको देखिन्छ । सामाजिक दूरीको कुरै नगरौं । अनि साइरन बजाउँदै जब घाटतिर शव लगिन्छ अनि नियमको धज्जी उडाउनेहरू नै बढी मात्रामा तर्सिएका हुन्छन् ।

नियम उल्लंघन भइरहँदा प्रहरीबाट कुनै प्रतिक्रिया आउँदैन । किनभने प्रहरी आफै पनि नियम पालना गर्दैन । गस्तीमा हिडेका, अनुगमनका लागि खटिएका सुरक्षाकर्मी आफै पनि मास्क लगाउन्नन् । सामाजिक दूरी ‘मेण्टेन’ गर्दैनन् । कि यो समयमा कोरोना भाइरस हनिमून मनाउन बैंकक गएको गोप्य सूचना कतैबाट प्राप्त भएको हो ?

अझ पछिल्लो समय त खोप लगाएपछि कोरोना लाग्दैन भन्ने भ्रम धेरैमा छ । नियम किन बनाइन्छ ? उल्लंघन गर्न ? त्यसो भए अबदेखि नियम नबनाऔं क्यारे हुन्न !

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!