विराटनगर ६ का वडा अध्यक्ष नेता अभिनेता कामतको लोकप्रियताको राज के ?

करोड गुमाए पछि बल्ल पाए लोकप्रियता, विराटनगर ६ का वडा अध्यक्ष अभिनेता कामत

बीरेन्द्रकुमार साह

शुक्रबार, साउन २२, २०७८ || 1174  पटक पढिएको

विराटनगर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विजय कामत राजनीति संगै म्युजिक भिडियोमा समेत सकृय रहेका छन् । नेता अभिनेता कामत आफ्नो पदीय जिम्मेवारी संगै कलाकारिता क्षेत्रमा कसरी अगाडि बढ्दैछ ? उनको लोकप्रियताको राज के हो ? कहाँ र कसरी १ करोड गुमाए ? यसै सन्दर्भमाम हिपमतकर्मी विरेन्द्र कुमार साह र प्रकाश प्रेमी संग गरेको कुराकानीको संपादित अंश ।

नेता अभिनेता फरक धारको भए पनि तपाईं दुबै क्षेत्रमा सकृय हुनुहुन्छ ? कहिले देखि लागनु भयो यस क्षेत्रमा ?
हो, नेता र अभिनेता दुबैको फरक धार हो । जनताको चाहना र जिम्मेवारीले राजनीतिमा सक्रिय बनायो, तर भावनाले अभिनयमा । म दुबै क्षेत्रमा उत्तिकै सकृयताका साथ अगाडी बढ्ने प्रयास गरि रहेको छु । अभिनय क्षेत्रमा लगेको करिब १ दशक हुन लाग्यो तर, सकृय रुपमा ५ वर्ष देखि लगेको छु । राजनीतिमा भन्नु पर्दा २५ वर्ष अगाडी एमालेमा आबद्ध थिए, पछि माओबादीमा सकृय भए । महानगरमा माओबादी बाट एक मात्र जनप्रतिनिधिको रुपमा वडा नं. ६ का जनताले भारी मतले जिताएर सेबा गर्ने मौका दिनु भयो ।

वडा अध्यक्षको जिम्मेवारी पाएर पनि म्युजिक भिडियो गर्नु हुन्छ, कसरी निकाल्नु हुन्छ समय ? तपाईको दिचार्या के हो ?
अहिलेको दिनचार्या भन्नु पर्दा एकदमै दुःखद र भयावह छ । कोरोनाको कहरले गर्दा सबै लथालिंग छ । वडा नं. ६ पनि कोरोना प्रभावित भएकोले अहिलेको पहिलो प्राथमिकता वडाबासीको सुवास्थ्य सुरक्षामा नै केन्द्रीत हुनु हो । कोरोना कहरले गर्दा समयको कुनै टुँगो नै हुँदैन । म आफै पनि वडामा घुमेर वडाबसीको खेज खबर लिने गर्छु । त्यो बाहेक यदि समय भेटायो भने शुक्रवार शनिवार विदाको समयमा वा रातिको समयमा म्युजि भिडियो गर्छु । यदि केही गर्ने सँेंच छ भने, जति अप्ठयारो आएपनि त्यो काम गर्न सकिन्छ । किनकी सोंच भए हरेक काम गर्न सकिन्छ ।

विजय कामत सुपर स्टार, म्युजिक भिडियोमा मात्रै की वडामा पनि ?
त्यो मुल्यांकन गर्ने जिम्मेवारी तपाईं मिडियाको, वडाबासी जनताको र सम्पूर्ण मिथिलाञ्चलबासी गीत संगीत प्रेमीको हो । म आफुलाईं सुपर स्टार मान्दिनँ, मैले त आफ्नो भुमिका मात्र निर्वहन गरेको छु । यदि वडाको विकासको कुरा गर्नु हुन्छ भने यस वडामा काँग्रेसले २०० वर्षमा नगरेको काम ४ वर्षमा भएको छ । यहाँको सडक, नाला, स्कुलमा दुई तल्ला थप्ने लगायतका थुप्रै विकासको काम भएको छ । तैपनि म यसलाई ६० प्रतिशत काम भएको मात्र भन्छु । अहिले ४० प्रतिशत काम गर्न अझै बाँकी रहेको छ । अर्को तपाईंले म्युजिक भिडियोको कुरा गर्नु भयो, त्यसको पछाडी पनि ठूलै कहानी छ । धेरै ठगिएको छु, करिब १ करोड जती गुमाए र बाद अपबादको त कुरै छोड दिनुस् ।

कसरि गुमाउनु भयो १ करोड ? र के हो बाद अपबाद ?
मातृभाषा मैथिली उत्थान प्रतिको अठोट, गीत संगीतको क्षेत्रमा केही गर्ने सोंच, अभिनय प्रतिको रुची, के गरौं कसो गरौं त्यती थाह पनि थिएन लगानी गर्दै गए तर उपलब्धी हुन सकेन । त्यसमाथी पनि विजय केटीको चक्करमा बर्बाद भयो भनेर चौतर्फी आलोचनाको शिकार हुनु पर्यो । बिकल दुलहा मौगिके गुलाम मैथिली फिल्म बनाएको थिएँ जसलाई स्थानीय दर्शकले निकै रुचाए । त्यसपछि बलिउड स्टार राजामुराद, किरन कुमार र स्थानीय अभिनेत सलिम अंसारी संगको कयामत से कयामत तक फिल्म बनाए । त्यतीबेला निकै चुनौतिको सामना गर्नु परे पनि मैले हरेस खाएन र निरन्तर केही न केही गरि रहे जसको परिणाम आज तपईंहरुको सामने छ ।
त्यसो भए सुपर स्टारको स्रेह कसलाई दिनु हुन्छ ?
यहाँको अभिभावक जनतालाई । उहाँहरुले मेरो कामलाई सराहना गर्नु भयो । मलाई माया गर्नु भयो । नेपाल भारत सहित विश्व भरी छरिएको ८ करोड मैथिली भाषी जनताले दिलमे बैसलौं अहाँ धड़कनो बसालिय गीतलाई मन पराउनु भयो । करिब २ करोड भन्द बढी भ्युर रहेको छ । पहिला पहिला त मैले अन्य भाषामा पनि म्युजिक भिडियो गरे तर, अहिले मैथिलीमा मात्र गर्ने गरेको छु । प्रायः सबै नै हिट भएको छ र पटक पटक डिमान्ड पनि भई रहेको छ ।

कलाकार हुन सजिलो कि जनप्रतिनिधि हुन सजिलो ?
दुबै फरक फरक विषय हो । कलाकारिता आफ्नो व्यक्तिगत ईच्छा, रुची र लगनशीलताको विषय हो । साथै यो भगवानको वरदान पनि हो । जो कोही चाहेर पनि कलाकार हुन सक्दैन । तर, राजनीति जनताको ईच्छा, चाहना र आवश्यकता अनुसार हुनुपर्छ । जनताको माँग आनुकुल काम गर्नु पर्छ । वडा नं. ६ आदिवासी जनजाति लगायत विभिन्न भाषाभाषीको समागम भएको वडा हो । यहाँका हरेक पार्टीका जनताले मलाई आफ्नो अमूल्य मत दिनु भयो । ८८ प्रतिशतको भारी बहुमतले मलाई विजय बनाउनु भयो, म उहाँहरुलाई नमन गर्न चाहन्छु ।

जनप्रतिनिधि भएको ४ वर्षको अन्तरालमा आफैले आफैलाई कसरी मुल्यांकन गर्नु भएको छ ? के सबै जनातलाई सन्तुष्ट पार्न सक्नु भएको छ ? अगामी चुनावमा फेरी पनि यतिकै मतले जिताउँछ ?
म काम माथी विश्वास गर्छु । मुल्याँकन गर्ने काम जनताको हो । उहाँहरु मेरो कामलाई हेरि रहनु भएको छ । ४ वर्ष अगाडी मलाई केही थाह थिएन, यहाँका जनताले नै मलाई सबैथोक सिकाउनु भयो । उहाँहरु मेरा मार्ग दर्शक पनि हुन् । तर, राजनीतिमा हरेक पाइलामा समस्या छ । म सबैलाई समेट्ने प्रयास गरि रहेको छु । जसरी यस वडाका हरेक पार्टीका जनताले म माथी विश्वास गरेर मलाई जिताउनु भयो त्यस्तै म पनि कुनै एउटा पार्टी वा जातीको लागि होइन हरेक जनताको लागि विकास गरि रहेको छु । मेरो कामले सबै सन्तुष्ट नै हुन्छ भने छैन किनकी सबैको आफ्नो फरक विचार हुन्छ । तैपनि उहाँहरु मेरो कामको मुल्यांकन अवश्य गर्नु हुन्छ भने मलाई विश्वास छ ।

त्यसो भए अगामी निर्वाचनमा पनि वडा अध्यक्षमै उम्मेदवारी दिनु हुन्छ ?
हो, मलाई उम्मेदवारी दिनु नै पर्छ । आफ्नो जिम्मेवारी बाट भागनु हुँदैन । वडा नं. ६ को विकासको लागि जनताले मलाई फेरी पनि मौका दिनुहुन्छ भन्ने मलाई विश्वास छ । हो कामको क्रममा केही कमीकमजोरी हुन सक्छ, त्यसलाई हटाएर मजबुतिका साथ वडाको विकास गर्ने मेरो लक्ष्य रहेको छ ।

के छ अगामी योजना ?
एक महिनाको भित्रका १० करोडको बजेट ल्याउने मेरो योजना छ । विकासको थुप्रै कामहरु अहिले गर्न बाँकी रहेको छ । मेरो सोंच, मेरो योजना अनि कार्यान्वयन पनि मलाई नै गर्नु पर्ने छ । त्यसैले वडाको विकास नै मेरो पहिलो प्राथमिता छ ।

अन्तमा के भन्न चाहनु हुन्छ ?
सब भन्दा पहिले त हिपमत डट कम परिवार र तपईंहरुलाई धन्यवाद दिन चाहन्छु । मेरो कुराहरु राख्न मौका दिनु भएकोमा ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!