हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 555  पटक पढिएको

गत आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएका छन् । परिमाणका आधारमा ३८ केजी बराबरको सुनका गरगहना विभिन्न देशमा निर्यात भएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार एचएस कोड दिएपछि गत आवदेखि सुनका गरगहना निर्यात हुन शुरू भएको थियो । उक्त आवमा नै ३ देशमा त्यस बराबरको सुनका गरगहना निर्यात भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात भएका छन् ।

तीन मुलुकमध्ये अमेरिकामा सुनका गरगहना सबैभन्दा बढी निर्यात भएको छ । त्यहाँ गत आवमा २८ करोड ६० लाख ९६ हजार रुपैयाँको गरगहना निर्यात भएको छ । यसैगरी हङकङमा ६ करोड ७ लाख र अस्ट्रेलियामा ४ करोड ३ लाख ७८ हजार रुपैैयाँको सुनका गरगहना निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

पछिल्लोपटक आव २०७२/७३ मा चीनमा १५ लाख १६ हजार बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि अघिल्लो आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । तर, गत आवको शुरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ ।

मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार व्यापक मात्रामा हुन सकेको छैन । त्यो अवस्थामा विदेशमा गरगहना निर्यात शुरू हुनुलाई सकारात्मक रूपमा लिइएको आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!