हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 535  पटक पढिएको

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बुधबार दतियाको बाढी प्रभावित गाउँमा रेस्क्यू अपरेशनको अवलोकन गर्न पुगेका थिए । तर, उनी आफै फस्न पुगेका थिए । पछि एयरफोर्सको टोलीले उनलाई एयरलिफ्ट गरेर बाहिर निकालिएको थियो ।

नरोत्तम मिश्रा दतियामा एनआरडीएफ को मोटरबोटमा लाइफ ज्याकेट लगाएर बाढी प्रभावित कोटरा गाउँ पुगेको थिए । उनले एक घरमा केही मानिसहरु फसेको देखेपछि आफै छतमा चढे । एसआरडीएफले त्यहाँ फसेका सबैलाई सुरक्षित उद्धार गरे । तर, गृहमन्त्री आफै फसे ।

पानीको बहाव तीव्र भएका कारण मोटरबोट पनि त्यहाँ पुग्ने स्थिति बनेन । पछि एयरफोर्सको टोली पुगेर गृहमन्त्रीको उद्धार गरेको थियो । मन्त्रीभन्दा अघि चार जना स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको थियो ।

सिन्ध नदीमा बाढी कारण तटीय क्षेत्रमा रहेका गाउँमा पानी पसेको छ । नदीको जलस्तर बढेको कारण इन्दरगढ क्षेत्रको रुर र कुलैथ गाउँबीच सम्पर्क टुटेको छ । शिवपुरी ड्यामबाट पानी छाडिएका कारण सिन्ध नदीको जलस्थर उच्च रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!