रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दोस्रो चरण अन्तर्गतको वृक्षारोपण कार्यक्रम गरेको छ । हरियालीलाई प्रोत्साहन गरी सौन्दर्यीयकरण प्रवद्र्धनका लागि डाउनटाउनले समय–समयमा वृक्षारोपणका कार्यक्रम संचालन गर्दै आएको छ ।
दोस्रो चरण अन्तर्गतको वृक्षारोपण कार्यक्रममा डाउनटाउनले अपनत्व लिएको विराटनगरका महेन्द्र रात्री माध्यमिक विद्यालय, आदर्श विद्यालय, बालिका विद्यालय र जतुवाको जनता आधारभुत विद्यालय, रोटरी कम्युनिटी कर्प र रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजमा मा २ सय ७५ थान फलफुल, फूल र सजावटी प्रजातिका विरूवा वितरण एवं वृक्षारोपण गरेको छ ।
वृक्षारोपण कार्यक्रममा सहभागि भई वरिष्ठ रोटेरियन एवं डिष्ट्रिक कन्फ्रेन्स चेयर बेनीगोपाल मून्दडाले हौसला प्रदान गरेका थिए । वरिष्ठ रोटेरियन मून्दडा प्रकृति प्रेमी समेत रहेकोले डाउनटाउनले गरेको वृक्षारोपण लगायतका रचनात्मक एवं सामाजिक कार्यमा मार्गदर्शन दिँदै आएको डाउनटाउनकी अध्यक्ष संचिता जैनले बताइन् ।
वृक्षारोपणलाई सफल पार्न महासचिव अनिता सारडा, सर्भिस प्रोजेक्ट चेयर गिरिजा सारडा लगायत डाउनटाउनका अन्य पदाधिकारीहरूले खुबै मिहिनेत गरेका थिए । असार ३१ गते हाटखोला–१० को विश्रान्ती स्थल र विभिन्न उद्योगमा डाउनटाउनले पहिलो चरणको वृक्षारोपण कार्यक्रम संचालन गरेको थियो ।