बेलबारीअन्तर्गत कसेनीको लोहन्द्रा खोलामा पुल निर्माण भइरहेको छ तर निर्माणको कार्य कछुवा तालमा हुँदा स्थानिय निरास छन् ।
०७४ साल साउनमा भारी वर्षातका कारण आएको बाढीले लोहन्द्रा खोलाको पुल बगाएको थियो । पुल बगाएपछि स्थानियले खोलामा बाँसको कच्ची पुल बनाएका थिए । कच्ची पुलले थोरै भरथेग गरेपनि लामो समय टिक्न सकेन । बाँसको पुलपनि बाढीको बलि भयो । खोलामा पुल बनिनसक्दा स्थानियवासीलाई खोला तरेर ओहरदोहर गर्नु पर्ने बाध्यता छ । खोलाको जलस्तर थोर हुँदा स्थानियले खुट्टैले लोहन्द्रा नदि तार्ने गरेका छन् भने वर्षात भएको बेला जलस्तर बढ्दा सर्वसाधारणलाई खोला तर्न सकस हुँदा दैनिक जीवनयापनका काम समेत ठप्प पार्नु परेको छ ।

हाल ट्याक्टरले लोहन्द्रा खोलामा पानी जहाजको काम गर्दै आएको छ । खोला वारी पारी गर्ने जिम्मा ट्याक्टरले लिएको छ । ज्यान जोखिममा राखेर ट्याक्टरबाटै सर्वसाधारणहरू नदि वारी पारी गर्ने गरेका छन् । खोला तारे वापत एक मानिसबाट ट्याक्टरले १० रूपैयाँ असुल्ने गरेको छ भने मोटरसाइकललाई नदि वारीपारी गराइदिए वापत १ सय रूपैयाँ असुल्ने गरेको छ ।

मे १ त ५१९२ का ट्याक्टर चालक शंकर सरदार ट्याक्टरमा मोटरसाइकल र सर्वसाधारणलाई लादेर लोहन्द्रा खोला वारपार गराउँछन् । ट्याक्टरमा लादेर वारपार गराउने कार्य जोखिमपूर्ण रहेको सरदारको ठहर छ । तर पुल नबनिसकेका कारण स्थानियलाई केहि सजिलो हुन्छ की भनेर ट्याक्टर पानीमा कुदाउनु परेको सरदारको कथन छ । पानीको भेल बढी भएको बेला ट्याक्टरनै उल्टिने हो कि वा बग्ने हो भन्ने डर भइरहने ट्याक्टर चालक सरदारले बताए ।

सुनसरी मोरङ सिंचाई आयोजनाको नाममा लोहन्द्रा खोलाको साइफन र पुलको निर्माण गर्ने गरी धरान–१० को आशिष, स्वामीनारायण, आर्शिवाद जेभीलाई २९ करोड ९७ लाख ५६ हजार ७३१ रूपैयाँ २० पैसामा ठेक्का दिइएको छ । पुल निर्माण २०८० साल भदौ ३० गतेसम्ममा भइसक्नु पर्ने छ । तर निर्माणको कार्य कछुवा तालमा भइरहेको भन्दै तय समयमा पुरा हुनेमा स्थानियको शंका छ ।

साढे तीन वर्षमा पुरा गरिसक्नु पर्ने साइफन र पुलको निर्माणको २० प्रतिसतभन्दा बढि काम अघि बढ्न सकेको छैन । कछुवा तालमा निर्माण भइरहेको पुलका कारण सर्वसाधारणले अझै वर्षौ जोखिम मोलेर लोहन्द्राको पुल वारीपारी गर्नु पर्ने देखिएको छ । पुल निर्माणसँग सम्वद्ध निर्माण व्यवसायी सन्तोष बस्नेतसँगको टेलिफोन सम्पर्कमा उनले कछुवाको तालमा बनिरहेको पुल तय समयमा पुरा हुन्छ की हुँदैन भनि जिज्ञासा राख्दा उनले तय समयमा पुल बन्ने बताउँदै फोन काटे । पुनः बस्नेतसँग जिज्ञासा राख्न खोज्दा उनी सम्पर्कमा नै आउन चाहेनन् ।

न्यून रकम राखेर मिलोमतोमा ठेक्का आफ्नो हातमा पार्ने र ठेक्का परिसकेपछि तय समयमा निर्माण कार्य सम्पन्न नगर्ने पुरानै रोग रहेको विज्ञको दावी छ । निर्माण अवधि बढेसँगै पुरानै किटान गरिएको रकमबाट आयोजना पुरा नहुने भन्दै सेटिङ्गमा थप रकम असुल उपर गराउने प्रवृत्तिका कारण अधिकांश ठुला आयोजनाका ठेकेदारहरू समयमा काम पुरा गर्न उदासिन हुने ती विज्ञको तर्क छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!