बुधबार, साउन २०, २०७८ || 514  पटक पढिएको
तस्बिर -नेपाल सामाचारपत्र

स्कुल पढ्ने विद्यार्थीहरूको पेट बढ्न थालेको छ । विद्यार्थीहरूको पेटसँगै तौल बढ्न थालेपछि सानै उमेरमा गम्भीर प्रकारको रोग लाग्ने डरले अभिभावक चिन्तित छन् । कोभिड–१९ महामारीको पहिलो र दोस्रो भेरियेन्टका कारण १८ महिनाभन्दा बढि समयदेखि स्कुल नगई घरमै बसिरहेका बालबालिकाहरूको छिनछिनमा हुने गरेको खानपीनका कारण शरीरको तौलदेखि भूडिसम्म बढ्न थालेको छ ।
कक्षा–५ मा पढ्ने २० केजीका दुब्ला पातला बालबालिकाको छिनछिनमा हुने गरेको खानपीनका कारण तौल बढेर ३० किलो पुगेपछि सानै उमेरमा बालबालिकाको तौलसँगै पेट बढेर भूडि ढल्किन थालेको छ । आफ्ना बालबालिकाहरूको भूडि देखिन थालेपछि अभिभावकहरू बालबालिका बोकेर स्वास्थ्य संस्थामा पुग्न थालेका छन् ।

विराटनगरका दर्जनौ स्वास्थ्य संस्थाहरूमा प्रत्येक दिन वजन बढेर भूडि देखिन थालेका बालबालिकाका अभिभावक उपचारका लागि पुग्न थालेका छन् । विराटनगरस्थित कोशी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले भूडि बढेर आफ् बालबालिका लिएर उपचारका लागि आउने गरेका अभिभावकलाई खानपीनमा कटौतीसँगै विहान बेलुका वाक गर्न सल्लाह दिने गरेको जानकारी गराए ।
सरकारले कोभिड–१९ महामारीको पहिलो भेरियेन्ट सुरू भएपछि २०७६ चैत ११ गतेदेखि पूर्णरूपमा लकडाउन लागु गर्दा स्कुलहरू पूर्ण रूपमा ठप्प छन् । कोभिड–१९ का पहिलो लहर खुकुलो सामान्य भएपछि करीब २ महिना विद्यार्थीहरू स्कुल गएर केहि समय आंशिक रूपमा अध्ययन गरेका थिए । लगत्तै कोभिड–१९ महामारीको दोस्रो भेरियेन्ट शुरू भएपछि बन्द भएको स्कुलहरू हालसम्म पनि संचालनमा आउन सकेका छैनन् ।

तत्कालै स्कुल खुल्ने अवस्था पनि छैन । स्कुल बन्द रहेको बेलामा स्कुले बालबालिकाहरू २४ सैं घण्टा घरैमा बसेर खानपीन गर्ने , मोबाइल चलाउने , टिभी हेर्ने र नाम मात्रको अनलाईन कक्षा लिने गरेका छन् । घरमै बस्ने विद्यार्थीहरू अन्य समयको तुलनामा छिनछिनमै बढि खानपीन गर्न बल गर्छन् । घरमा बसेर छिनछिनमै मिठो परिकार खाने र सुत्ने बाहेक अर्को काम नरहेकोले १८ महिनाको अवधिमा प्रायः सबै विद्यार्थीको तौल र भूडी बढेको छ ।

स्कुल संचालन भएको बेलामा विहानै उठ्ने विद्यार्थीहरू ९ बजे स्कुल जाने र ४ बजे घर आई होमवर्क गर्ने र दिनभरी थाकेको विद्यार्थी आराम गर्ने र विहान नित्यकर्म गर्ने हुनाले त्यो समयतालिकाले विद्यार्थी मोटाउन खासै मद्दत गरेको थिएन । तर लकडाउनपछिको निषेधाज्ञासम्म विद्यालय ठप्प हुँदा खाने र बस्ने बाहेक केहि काम नभएको र झोलाको भारी समेत बोक्न नपर्ने भएकोले बालबालिकामा मोटाउने समस्या देखापर्न थालेको हो ।

सामान्य मानिसको उमेर ढल्कदै गएपछि भूडि लाग्छ । रोगपनि लाग्छ । त्यस्तो मानिसले चिकित्सकसँग सल्लाह गरेर विहान बेलुका वाक गरेर नियमित औषधि सेवन गर्छ तर कम उमेरका स्कुले बालबालिका छिनछिनमा हुने गरेको अवैध खानपीनले भूडि ढल्कदै असमयमा परिपक्क देखिन थालेका छन् । यसको निराकरण भनेको अविलम्ब सरकारले स्कुल खोलेर अध्ययन अध्यापन गराएर घर बसेर बढि खानपीन गर्नबाट छुटकारा दिनु हो ।

मोटोपनाले शारिरीक समस्या निम्त्याउँदा घरका अभिभावक तनावमा पर्ने गरेका छन् । लामो समयको घर बसाई हुँदा बाहिरी खेलकूदमा अतिरिक्त समय दिन नपाउँदा बालबालिकामा चिडचिडापन देखिँदै गएको छ । क्षणक्षणमा बालबालिका आवेशमा आउने, अभिभावकदेखि झकर्ने गरेका छन् । अभिभावकहरू बालबालिकालाई चाँडोभन्दा चाँडो स्कुल पठाएर तिनीहरूको पूर्ववत लयमा फर्काउन चाहे पनि स्कुल खुल्ने वा नखुल्नेमा अन्यौल यथावत छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!