किनभने भुटान सानो देश हो

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 576  पटक पढिएको

भुटानले ३ लाख खोप दिने समाचार आएपछि यसलाई अनेकन कोणबाट हेर्दै व्यङ्ग गरियो । भुटान एक सानो देश हो, ८ लाख जनसंख्या मात्र भएको देश । यत्रो सानो देशसित सहयोग लिनुपर्ने अवस्था आयो भनेर नकारात्मक प्रतिक्रिया जनाइयो ।

तर, कुरा यो होइन । सहयोग जोसित पनि लिन सकिन्छ । भुटान एक अलग्गै देश हो । अलग्गै देश भएका हिसावले भुटानलाई अरु धेरै विकशित देशले खोप दिन्छन् । अमेरिकाले दिन्छ, बेलायत, रुस, भारतलगायत धेरै देशले दिन्छन् । सानो देश, थोरै जनसंख्या भएको फाइदा यो पनि हो ।

८ लाख डोज खोप लगाएपछि जनसंख्या सकिन्छ । अनि खोप राखेर के गर्नु ? भुटानले नेपाललाई दिने भन्यो । के गलत कुरा भयो र ! संकट, महामारीको बेलामा साना ठूला भन्ने कुरा हुन्न । सहयोग जोसित पनि लिनुपर्छ । भुटानले भूकम्प गएको बेलामा पनि आर्थिक सहयोग गरेको थियो । त्यो बेलामा किन सहयोग गरियो भनेर कसैले भनेन । कोरोना महामारीको बेला व्यङ्ग गर्नु बेकारको कुरा हो ।

भुटान सानो छ तर, कुल गार्यस्थ उत्पादन, व्यक्तिको आम्दानी नेपालभन्दा धेरै छ । नेपालभन्दा भूगोलमा सानो देश धेरै छन् जहाँ नेपालीहरू रोजगारीका लागि पुग्छन् । त्यहाँ काम गर्न किन गएको होला ? नेपालले आफुलाई भुटान जस्तो सुमन्नत बनाउन सके पुग्छ । तर, लठुवा हाम्रो नेतृत्वले कहिल्यै जानेन । आफु बन्ने तर, देश बनाउनेतर्फ कहिल्यै लागेन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!