खबर ठुलो छ

बिराटनगर ,

बिगत केही बर्ष अगाडी आफ्नो र आफ्नी श्रीमतीको सुन्दर भविष्यको सपना साकार पार्नको लागी रोजगारीको सिलशिलामा मलेशिया पुगेर काम गर्दै आइ रहेका वुद्धि बहादुर ढकालको आज यो अबस्था देख्दा कस्को मन नरोला ।

गोर्खा जिल्ला श्रीनाथकोट रातामाटे गाउँ निबासी भीम प्र ढकालका माईला छोरा वुद्धि बहादुर ढकालको मलेसियाको एउटा कम्पनिमा काम गरि रहेको बेला अचानक मेसीनमा दुबै खुटा परी काटीयको छ र हाल उहाको उपचार काठमाडौँमा भै रहेको छ र पिडितको आर्थिक स्थीति अती नाजुक भयको हुनाले नक्ललि खुट्टाको लागि आर्थिक सहयोगको अपेक्षा गर्नु भयको जानकारी ढकालले स्कटनेपाल रोधीघर लगायत लोक दोहरी गायक निलमनी भण्डारी संगको कुरा कानीमा आफ्नो मार्मिक दुख: पिडा पोख्नु भएको छ। त्यति मात्र पक्कै पनि होइन उनकै सेवामा बर्षो देखी खटेकी संगै मर्ने संगै जिउने बाचा गरेकी उनकी श्रीमती अहिले सम्पर्कबिहिन हुदा उनको मन सारै रोइ रहेको अबश्थामा भेटिए वुद्धि बहादुर ढकाल ।

तर आज प्रस्तोता निलमनी भण्डारीको अर्को पटकको अन्तरबार्तामा सिन्धुली की राधिका बस्नेत ऊहाँकी धर्म पत्नी बनेर मलेशियामा आफुले गरि रहेको जागिर छोडेर नेपाल आइ पिडित ढकाललाइ जीवन् भर नछुटिने बाचा गर्दै धेरै आफ्नो मनको कुराहरु शेयर पनि गरिन। बाकी निलमनी भण्डारीकै आफ्नै शब्दमा उहा भन्नु हुन्छ :

”वैदेशिक रोजगारीका शिलसिलामा मलेशियामा मेशिनमा परी आफ्ना दूबै खुट्टा गुमाएका वुद्धि बहादुर ढकाल संगको भेट बार्तामा आज म यति खुशी छु कि, थाहै थिएन मलाई, तीन् महिना अगाडि भेट्दा पूर्व पत्नीको बियोगमा होस हवास समेत् ऊँडेको जस्तो फुङ्ग देखिने वुद्धि बहादुर ढकालको मुहारमा आज यो खुशी भरिएको देख्दा म आफैँ पनि स्वपनामा छु कि विपनामा छुट्याउनै गाह्रो भयो! तीन् महिना अगाडि मैले लिएको एउटा अन्तरवार्ताले ऊहाँको जीवनमा आमूल परिवर्तन् आएको कुरा ऊहाँको मुखराविन्दबाट सुन्दा एस्तो लाग्यो कि, मैले एक शब्द बोलिदिँदा कसैको भत्केको घर जोडिन्छ भने, जसले जे सुकै भनुन् जानी नजानी भए पनि बरु बोल्छु दुईचार शब्द, तर फेरी सोँच्छु मेरो गोरुको बाह्रै टक्का जस्तो भयो भने के गर्नु? म सत्य घटनामा आधारित रहेर कुरा गर्दै छु! वुद्धि बहादुरको बिग्रिएको घर जोडिएको होईन! ऊहाँको बिग्रिएको घरलाई सम्हाल्नको लागि नयाँ जीवन् संगिनीको आगमन् भएको हो! सिन्धुली की राधिका बस्नेत ऊहाँकी धर्म पत्नी बनेर जीवन् भर नछुटिने बाचा गरी रहँदा कता कता एस्तो लाग्यो, मानिस भित्र अझै पनि मानवियता बिलिन भएको रहेनछ! मलाई धेरै लेख्नै मन लागेन!”

सहयोग गर्न ईच्छुक दाताहरुका लागि सिधा सम्पर्क मोवाईल ९७७ ९८०४१८२४६८ मा सम्पर्क गर्नु हुन् हार्दिक अनुरोध गर्दछौ ।
नबिल बैंक खाता नम्बर 3310017502095 AC no:3310017502095 Nabil bank Maharajaganja KTM

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया