सरकारी गाडीको दुरूपयोग

रिपोर्टरको कूनो

मंगलबार, साउन १९, २०७८ || 414  पटक पढिएको

सरकारी काममा हिड्दा त ठिक छ तर, यस्ता काम जुन पच्दैन र, पनि सरकारी गाडी लिएर आफुलाई निकै मै हुँ भन्ने देखाउनेको कमी छैन । अनि यसको नियमन गर्ने प्रमुख जिल्ला अधिकारी मौन छन् ।

चोकमा सब्जी लिन, खसी वा कुखुराको मासु अनि माछा लिन मात्र होइन धान कुटाउन, तेल पेल्न, विदाको दिन रमाइलो ठाउँमा घुम्न पनि सरकारी गाडी जिन्दावाद । आफु मात्र हो र ! श्रीमति, छोराछोरी, आमाबाबुले पनि लोकतन्त्रको मज्जा लुट्न पाएका छन् । आखिर यो गलत हो भनेर कसैले उफ्रेको छैन, विरोध गरेको छैन ।

शनिबारको दिन विराटनगर मुकाम रहेको कार्यालयको एउटा सरकारी गाडी रामधुनीमा भेटियो । रामधुनी मन्दिर जानका लागि कर्मचारी मात्र थिएनन् । त्यहाँ उनका परिवार थिए । चालकलाई सोधे, ‘होइन, यसको इन्धन चैं यी कर्मचारी मनुवाले हाल्छन् कि कुपनबाटै आउँछ ?’
चालकले सुस्तरी जवाफ दिए, ‘सरकारी गोदामबाट ।’

यो अख्तियारको दुरूपयोग हो कि होइन ? हन्ड्रेड पर्सेन्ट दुरूपयोग नै हो । तर, यस्ता गलत गर्नेलाई कसले समाउने ? पहिले युवा संघ नेविसंघ, तरुण दल, वाइसीएल जस्ता दस्ताहरू सरकारी गाडी नियन्त्रण गर्दै हिड्थे । अहिले कुन दूलोमा छन् युवा जमात ?
लुट्न सके लुट कान्छा, नेपाल देश हो यो, यहाँमात्र छ छुट ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!