समिति कहिले गठन हुन्छ ?

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

मंगलबार, साउन १९, २०७८ || 401  पटक पढिएको

जिल्ला र प्रदेश खेलकुद विकास समिति मोरङको नेतृत्व चयन नभएको महिनौं भयो । लाग्छ नियुक्त गर्नेलाई कोरोना भाइरसको संक्रमण भएको छ ! एकपटक होइन पटक–पटक संक्रमण भएकैले होला समितिमा पदाधिकारी र सदस्य चयन गर्न सकिएको छैन !

त्यहीं भएर खेलकुद गतिविधि सुस्त छ । बजेट छैन र, खेलकुद गतिविधि पनि छैनन् । सबै क्षेत्र चुपचाप छन् भने कोरोनामा के को खेलकुद ? कुरा त्यसो पनि होइन है । अरू सरकारी कार्यालयमा बजेटको खेलकुद मज्जाले चलेको छ तर, खेलकुदमा बजेट छैन, गतिविधि पनि छैन ।

नेतृत्व चयनमा के ले रोकेको हो ? कसको मान्छे भर्ना गर्नु पर्ने हो ? किन गर्न नसकेको होला ?
केन्द्रले नियुक्त गर्न नसकेको हो ? वा प्रदेश सरकारले गर्नु पर्ने हो ? दायित्व कतै स्थानिय सरकारले त पाएका छैनन् ? कम्तिमा समिति भयो भने बैठक हुन्थ्यो, कोठा केन्द्रित केही खेलकुद हुने थिए होलान् । तर, अहिले त केही नै भएको छैन ।
कर्मचारी छन् । पहिले स्थानिय तहमा जनप्रतिनिधि नहुँदा कस्तो थियो ? हो, अहिले जिल्ला र प्रदेश खेलकुदको अवस्था त्यस्तै छ । खेलकुदलाई पक्षघातको सिकार बनाउने षडयन्त्र वा रणनीति त कतैबाट बनाइएको होइन ? प्रशिक्षक, कर्मचारीको अनुगमन, भएका संरचनाको संरक्षणका लागि पनि चाँडै समितिले पूर्णता पाउनुपर्छ र, यसमा प्रदेश, स्थानिय सरकारले तत्कालै अग्रसरता लिनुपर्छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!