हिपमत डटकम

मंगलबार, साउन १९, २०७८ || 355  पटक पढिएको

विराटनगर निवासी अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्त अर्यालले राजिनामा दिएका छन् ।
एन्फा आन्तरिक विवाद बढ्दै गएपछि र मनोनितको पद खारेज गर्ने विधान पारित भएपछि अर्यालको राजिनामा आएको हो । पछिल्लो समय मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण र उपाध्यक्ष पंकज नेम्वाङको विवादले माहोल तातिएको छ ।

अर्यालले एन्फा अध्यक्ष कर्माछिरिङलाई सम्बोधन गर्दै पदबाट अलग रहने भन्दै राजिनामा बुझाएका छन् । अर्यालले ०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारणसभाले विधान संशोधन गरी मनोनित पद खारेज गरेकोले पदमा रहिरहन विधानत नैतिक संकट परेको हुँदा र अध्यक्षलाई विधानअनुसार काम गर्न सजिलो होस् भनेर पदकबाट अलग रहने घोषणा गरेको बताए ।

एन्फा विवाद चुरोट प्रकरणसित पनि गाँसिएकोछ । केही दिन अघि एन्फा कम्प्लेक्समा प्रशिक्षक अलमुताइरीले सिगरेट उडाउँदै थिए । यो देखेर एक खेल पत्रकारले ‘नेपालको सार्वजनिक स्थानमा यसरी सिगरेटको धुँवा उडाउन पाइन्न’ भनिन । अलमुताइरीले पत्रकारलाई अश्लिल शब्द प्रयोग गर्दै गाली गरे । यसको समाचार आयो र, समाचारलाई उपाध्यक्ष नेम्वाङले लाइक गरे । त्यसपछि विवाद बढ्दै गयो । सोमबार एन्फा प्रवक्ताले समेत राजिनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!