सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको शंका गरिएको छ । कोरोना भाइरसको जस्तै शंकास्पद रोगको लक्षण देखिएपछि गाँउपालिकाले त्यसको पहिचान र सहयोगका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरेको छ
जुगल गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा माघ २७ देखि कोरोना भाइरसको लक्षणसँग मिल्दो ज्वरोको बिरामी भेटिएकाले सहयोग गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । हालसम्म सो लक्षण कुन रोगसँग मिल्दो हो कुनै पुष्टि भएको छैन ।
‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पत्र पठाएको छ ।
सो क्षेत्रमा बिरामीको संख्या एक सय नाघिसकेकाले सहयोगका लागि आग्रह समेत गरिएको छ । गाँउपालिकाको सो पत्रचार पछि स्वास्थ्य मन्त्रालयले भने केही अपौचारिक धारणा राखेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!