हिपमत डटकम

मंगलबार, साउन १९, २०७८ || 520  पटक पढिएको

विराटनगर ÷ विभिन्न चरणको अडिसनदेखि छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० जना छनौट भएका छन् । विराटनगर र इटहरी भएको पहिलो र दोस्रो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनबाट ३० जना छनौट भएका हुन् ।

विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको पहिलो चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् । यसअघि सम्पन्न भएको पहिलो चरणको अडिसनबाट १७ जना छनौट भएको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।

दुई चरणको अडिसनदेखि फाइनलमा ३० जना पुगेका छन् । उक्त प्रतियोगिताको फाइनलमा ३५ जना प्रतियोगि छनौट गरिनेछ । थप पाँच जना प्रतियोगि अनलाइनबाट लिने तेस्रो चरणको अडिसनदेखि छनौट गरिने आयोजकले जनाएको छ ।

‘प्रतियोगितामा सहभागि जनाउने इच्छुकहरूको लागि अनलाइन अडिसन हामीले खुल्ला गरेका छौं,’ सिइओ निशा खतिवडाले भनिन्, ‘प्रतियोगितामा भाग लिने इच्छुक किशोरीले अनलाइनबाट पनि सहभागि जनाउन सक्नुहुनेछ । सहभागि मध्ये उत्कृष्ट हुने किशोरीलाई फाइनलको लागि छनौट गरिनेछौं ।’

किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगमी असोजमा हुनेछ ।

छनौट भएका किशोरीहरूलाई महिना दिनको बन्द प्रशिक्षण भदौको दोस्रो हप्तादेखि सुरु हुनेछ । आयोजकले सहभागिहरुको सहजको लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ । प्रतियोगिताको बिजेता स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर पनि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!