हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 426  पटक पढिएको

जनता नमूना मावि इतिहास बोकेको विद्यालय हो तर, यो ‘कोमा’ मा पुगिसकेको थियो ।
२००९ सालमा स्थापना भएको विद्यालयबाट हजारौं विद्यार्थी शिक्षित बने । सयौं व्यक्ति राष्ट्रको उच्च पदमा पुगे । आज जनता मावि कमजोर छ । विद्यार्थी छैनन् । भएका भौतिक सामग्री जीर्ण छन् । कसले बनाइदिनुपर्ने जनता मावि ?
विराटनगर–२ स्थित स्कुलको इतिहास हेर्दा १५ सय बढी विद्यार्थी त्यस विद्यालयमा हुन्थे, कुनैबेला । पछिल्लो समयको विद्यार्थी संख्या सुन्दा लाज लाग्छ । शिक्षक १८, विद्यार्थी २५ । ०३५ सालमा देशकै नमूना घोषणा भएको यो स्कुलसित ११ कठ्ठा जमिन छ । भवन आवश्यकता अनुसार पर्याप्त छ । कम्पाउण्डको वातावरण अत्यन्त हरियाली छ र पर्याप्त खेल मैदान पनि ।

सकुल सुधार्न वृहत राष्ट्रिय शिक्षा अभियानको सक्रिय ढंगले लागेको छ । अभियानका संयोजक अभिषेक घिमिरे र सहसंयोजक श्रीमन्त भट्टराई दुबै विराटनगरका हुन् । तत्कालिन प्रअ विजय रौनियारको असहयोग र महानगरको अस्पष्ट सोचले सुधार अभियानले सार्थकता पाउन सकेको थिएन ।

प्रअ फेरिएपछि रुपान्तरणको यात्रा सहज भयो । बाल कक्षादेखि ५ सम्म मन्टेश्वरी विधिबाट अध्यापन गराउने योजना बन्यो । अभियानको तर्फबाट शिक्षकलाई मन्टेश्वरीको तालिम निःशुल्क दिइयो । कक्षा ६–१० लाई प्रविधिमैत्री बनाउने योजना बन्यो । अभियानले भएका पुराना कम्प्यूटर मर्मत गरायो । शिक्षकलाई कम्प्यूटर सिकाउने योजना बन्यो । सफाईमा ध्यान दिनुपर्ने विषय उठान भए । बाहिरी आवरण जसरी पनि परिवर्तन हुनुपर्छ भन्ने छलफल भयो । विद्यालयको कम्पाण्ड तथा कक्षाकोठा व्यवस्थापनमा सबै लाग्नुपर्छ भन्ने बहस सुरु भए । पुरानो गाडी बनाउन सकिन्छ कि भन्ने प्रयत्न सुरु भयो । सय बढी बालबालिकाले नाम लेखाए ।

हेर्दा धेरै काम हुँदैछ । सुधारको यात्रा सुरु भएको छ । अब जनता मावि सुध्रिन्छ भन्ने अपेक्षा धेरैमा आएको छ । चियापसलमा जनताको सुधारको विषयमा सकारात्मक अपेक्षासहितका गफ हुन्छन् । अभियानले प्रदेश र केन्द सरकारसँगसमेत सहयोगको अपिल गरिरहेका छन् । केही शिक्षक कर्मचारीमा काम गर्नुपर्ने पीडाले छटपटी सुरु भएको छ ।

जनता बचाउन चैं बचाउने तर सुधार नगर्ने पक्षमा केही शिक्षकको गुट उपगुट सुरु भएको छ ।
विराटनगरमा अधिकांश विद्यालयबाट नेपाली माध्यम हाटाउने क्रम बढेको छ । यो अवस्थामा अंग्रेजी माध्यममा जान नसक्ने र शुल्क तिर्न नसक्ने बच्चा कहाँ जाने ? विराटनगरको उत्तरी र मध्य क्षेत्रका अधिकांश बालबालिका जनता मावि आउन सक्छन् । ‘क्याच्मेन्ट’ क्षेत्रमा सयौं बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालय ल्याउने मात्र नभएर नियमित उपस्थिति गराउने वातावरणको तय गर्नुपर्छ ।

विद्यालयको नाममा २५ बिघा जमिन छ । त्यसको उचित सदुपयोग भएको छैन । बालबालिकालाई पुस्तकको ज्ञानसँगै सीप, उत्पादन र उद्यमशिलतामा जोडाउन सकिन्छ । यो अत्यन्त सहज छ । तर कसले गर्ने ? अनि अहिले यति तातेको बेला पनि जनता बन्न सहयोग नगर्ने हो भने कहिले गर्ने ?
राजनीति त विद्यालय सुधार्न पो गर्ने त, विद्यालय विगार्न राजनीति कहिलेसम्म ? सबैको चाहना जनता मावि सुधाररिएको मात्र होइन, देशकै अब्बल भएको हेर्ने अपेक्षा विराटनगरबासीको छ । बाहिरबाट हेर्दा त्यो कामको सुरुवात भइसकेजस्तो लाग्छ । यसले निरन्तरता पाउनुपर्छ । जनता सुधार्न केही व्यक्ति, संस्था, अभियान मात्र होइन सिंगो समाज लाग्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!