सोमबार, साउन १८, २०७८ || 590  पटक पढिएको

कोभिड–१९ महामारी संक्रमितको संख्या बढ्न थालेपछि सहरमा खोप लगाउने जमातको संख्या उल्लेखनीय छ ।
खोप लगाउनका लागि सहरमा मारामार भइरहेको बेला मोरङ जिल्लाको ग्रामीण क्षेत्रका जनता खोपप्रति उदासीन छन् । खोप लगाउँदा हात दुख्ने, रिङ्गाटा लाग्ने, उल्टी आउने जस्ता लक्षणका कारण ग्रामीण भेगका जनता खोप प्रति उदासीन बनेका छन् ।

जसको प्रत्यक्ष फाइदा सहरका बासिन्दाले उठाउन थालेका छन् । ग्रामीण क्षेत्रका जनता खोपप्रति बेखबर र उदासिन हुँदै खोप लगाउन खोप केन्द्रसम्म नपुग्दा ग्रामीण क्षेत्रका लागि पठाइएको खोप सहरी क्षेत्रका मानिसहरूले लगाउन थालेका छन् । विराटनगर महानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका कम उमेरका वञ्चित समूहले ग्रामीण क्षेत्रमै गएर खोप लगाए ।

विराटनगर महानगरपालिकासहित जिल्लाभर चाइनिज खोप भेरोसेलको दोस्रो मात्रा जारी रहेको बेला विराटनगर महानगरपालिकामा बसोबास गर्ने हजारौ सर्वसाधारणले जहदा गाउँपालिकामा गएर खोप लगाउन भ्याएका छन् । जहदा मात्र होइन जिल्लाको दक्षिणी ग्रामीण क्षेत्रका धनपालथान गाउँपालिका, रंगेली, सुनवर्षी नगरपालिकामा गएर खोप लगाएका छन् ।

जिल्लाको दक्षिणी ग्रामीण क्षेत्रका ८० प्रतिशतभन्दा माथिका मानिस गरिबीको रेखामुनि रहेको र उनीहरू कामका लागि बाहिर जाने भएकोले खोप केन्द्रमा उपस्थित हुन सकेनन् । ती गरिबहरूको नाममा छुट्याएको खोप विराटनगरका पहुँचवाला र टाठाबाठाले लगाउन भ्याएका छन् ।

सरकारले ५० वर्षभन्दा माथिकालाई मात्रै यस पटक भेरोसेल लगाउन सूचना जारी गरेपछि त्यो सूचनामा नपरेका कम उमेरका मानिसहरूले खोप नपाउने र कोरोनाको जोखिम बढिरहेको बेला महानगरपालिका बाहिर गएर गाउँका खोप केन्द्रहरूमा खोप लगाए । महानगरपालिकामा थाई बसोबास गरेर विभिन्न गाउँपालिकामा जागिरे रहेका व्यक्तिहरूले आफ्ना नातागोता, छिमेकी र चिनजानकालाई बसका बस चढाएर गाउँपालिकामा लगेर ग्रामीण क्षेत्रका लागि गएको खोप सहरी क्षेत्रका मानिसले लगाएका छन् ।

विराटनगर महानगरपालिकामा एक वडाका मानिसले अर्को वडामा खोप लगाउँदा मारकाट र तानातान हुन्छ । तर महानगरपालिकाका हजारौ मानिसहरूले गाउँहरूमा गएर खोप लगाउँदा कुनै पनि ग्रामीणले विरोध गरेनन् । बरू गाउँका ग्रामीणले खोपका लागि लाइनमा लागेका सहरीयाहरूलाई पानी पिलाए । विराटनगर महानगरपालिकाका हजारौ व्यक्तिहरूले पहिलो चरणमा भारतीय कोभिसिल्डको पहिलो र दोस्रो मात्रा लगाइसकेका छन् ।
६५ वर्षमाथिका ज्येष्ठ नागरिकले पनि कोभिसिल्डको दुवै मात्राको खोप लगाएका छन् । यस बाहेक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र सञ्चारकर्मीहरूले पनि खोपको दुवै मात्रा लगाएका छन् । दोस्रो चरणमा चाइनिज कम्पनीको भेरोसेलको दुवै मात्रा लगाउनेको संख्यापनि उल्लेख्य छ । यस बाहेक ५० वर्षमाथिका जेष्ठ नागरिकले भेरोसेलको दुवै मात्रा लगाएका छन् ।

अब लगत्तै अमेरिकन जोनसन एण्ड जोनसन कम्पनीको खोप नेपाल आइसकेको छ । जोनसन एण्ड जोनसनको एकै मात्रा लिए पुग्छ । यस्तोमा खोपका लागि भागाभाग गर्नु पर्ने अवस्था छैन । तरपनि विराटनगरका टाठा बाठाहरूले ग्रामीण जनताको खोप हस्तक्षेप गर्दै आफ्नै पाखुरामा लगाएका छन् । निकट भविष्यमा जापान सरकारले मोटो रकम बराबरको खोप उपलब्ध गराउन लागेको छ ।

जुन खोप सबैभन्दा गुणस्तरीय छ । एकपल्ट जुनसुकै कम्पनीको खोप लगाइसकेको कम्पनीले अर्को कम्पनीको जतिसुकै स्तरीय खोप आएपनि लगाउन पाउँदैन तर जुनै खोपको एक मात्रा लिएपनि जापानीज खोप लगाउन मिल्ने भएपछि भविष्यमा नेपालमा खोपको फालाफाल हुने छ । यस्तोमा अत्तालिएर गाउँ गाउँ पुगेर ग्रामीणको अधिकार खोसेर सहरीयाहरूले खोप लगाउनुको कुनै तुक छैन ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!